Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

'नगरमा फोहोर थुपारेर पर्यटक ल्याउन सकिदैन '


  • लुम्बिनी चिन्तन
  • आश्विन १२, २०७८ मंगलवार
  • 864
    SHARES

'नगरमा फोहोर थुपारेर पर्यटक ल्याउन सकिदैन '

भैरहवा । नगरभरि फोहोर थुपारेर पर्यटक ल्याउन नसकिने पर्यटन व्यवसायीले बताएका छन । ४२ औं विश्व पर्यटन दिवसको अवसरमा न्यूज ओके पत्रिकाले भैरहवामा आयाेजना गरेको पर्यटन पुनजार्गरण कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीले नगर क्षेत्रमा थुप्रै पर्यटनका सम्भावना र अवसरहरु छन, स्थानीय प्रशासन र स्तरबाट राती ९–१० बजे नै व्यवसाय बन्द गराएर पर्यटन क्षेत्रलाई पुर्नजागरणगर्न नसकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको सहकार्य सिद्धार्थ होटल एशोसियशन नेपाल र सोसाइटी अफ टुर एण्ड ट्राभल्स सोट्टोको समन्वयमा भएको कार्यक्रममा बोल्दै होटल एसोसिएसन अफ नेपालका केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठले कोभिडका कारण सबै भन्दा पहिला बन्द भएको पर्यटन व्यवसाय करिब २ वर्ष पछि सबै भन्दा पछि सुरु हुन लागेको छ । उनले  एक वर्षका लागि फ्रि भिषा गरेर पर्यटक ल्याउन सके पर्यटन क्षेत्र विस्तारै पुर्नजागरण हुने बताए ।

कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले पर्यटन सबै विधासंग जोडिएको बताए । स्वास्थ्य, शिक्षा, सम्पदा लगायतको कुनै पनि हबलाई पर्यटन सँग जोडेर पर्यटकलाई आकर्षित गरिरहेको विदेशका उदाहरणलाई नेपालले आत्मसात गर्दै लानु पर्छ । देशले बुद्धलाई जुन रुपमा लिनु पर्ने हो त्यसमा चुकेको छ, लुम्बिनीबाट नै धेरै अवसर र सम्भावना छ त्यसलाई हामी सबैले बुझनु पर्ने बताउदै नेपालको पर्यटन बिकासको लागी यहाका पर्यटन ब्यवसायी र सरकारको बराबर सहकार्यको हुन पर्ने औल्याए ।

प्रमुख अतिथी ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्यालय भैरहवाकी प्रमुख शान्ती सुवेदीले आध्यात्मलाई पर्यटनसँग जोड्न सकिने बताइन । उनले जीवन नै अध्यात्म र जीवनको संगम रहेको बताउदै कोभिडले अध्यात्म क्षेत्र पनि अछुतो नरहेकोले सेवा दिने कार्य प्रभावित बनेको बताइन । पर्यटनलाई खेलकुदसँग जोड्नका लागि अन्तराष्ट्रिय स्तरको स्टेडियम बन्ने क्रममा रहेको, यसले अन्तराष्ट्रिय र राष्ट्रिय स्तरका पर्यटकलाई भैरहवासँग जोड्ने सकिने नेपाल क्रिकेट संघका केन्द्रिय दिस्य प्रशान्त विक्रम मल्लले बताए । 

सोट्टो नेपालका वरिष्ठ उपाध्यक्ष श्रीचन्द्र गुप्ताले पर्यटकलाई स्वागतकै क्रममा बेलहियामा रहेको ५ सय मिटर सडक १० वर्ष देखि बनाउन नसक्नु लाजमर्दो कुरा रहेको, पर्यटकको स्वागतमै त्यस्तो पूर्वाधारले देशकै नराम्रो सन्देश जाने गरेको बताए । सहकारीकर्मी लक्ष्मण थापाले सहकारी मार्फत नेपालमा होम स्टे तथा कृषि लगायतका क्षेत्रमा लगानी गरेपनि पर्यटन उद्योग तर्फ सहकारी ऐनले लगानी गर्न रोकेको बताए । 

सिद्धार्थ होटल एशोसियशन नेपालका उपाध्यक्ष किशोर जोशीले यसक्षेत्रको पर्यटन विकासको लागि सर्व प्रथम पूर्वाधार विकासलाई प्राथमिकता दिनु पर्ने बताए । १० वर्ष देखि बुटवल भैरहवा सडक बनाउन लागेकोले अझै सम्म सम्पन्न नहुनु दु्र्भाग्य हो उनले थपे । 

पोर्ट मिडियाका अध्यक्ष विक्रम मल्लले मुस्लिमको साउदी अरेविया जस्तै नेपाल पनि बुद्ध धर्मावल्मीका लागि महत्वपूर्ण ठाँउ हो । जहाँ धार्मिक क्षेत्रबाट पर्यटनको विकासका लागि ५ सय वढि तारे होटल छन, तर बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र मा तारे होटल औलामा गन्न सकिने छन ।

पर्यटन व्यवसायी आशा गुरुङले कोभिडको कष्ठकर समयमा पनि होटल क्षेत्रमा निरन्तर लगानी गरे पनि बैकले लगानी गरेको ४० प्रतिशत रकम आफै लगेको बताए । उनले कोरोना नियन्त्रित हुदै गएको ले अब पुनः आफनो लगानी खेर नजानेमा विश्वस्त रहेको बताए । 

कार्यक्रममा कोभिड पछि नेपाल आउने पहिलो विदेशी पर्यटक र पर्यटन क्षेत्रका अभियान्ता चेतन पन्तलाई सम्मान गरिएको थियो । अमेरिकी पर्यटक जोन रोवर्टलाई नेपाली टोपी टिका लगाएर र २०४५ साल देखि पत्रकारिकता क्षेत्रमा लागेका पन्तलाई दोसल्ला, सम्मान पत्र र नगद सहित पर्यटन पुरस्कारबाट सम्मानित गरिएको थियो । न्युज ओके मिडियाले पुस्कारको हरेक वर्ष पर्यटन क्षेत्रमा काम गर्नेलाई योपुरस्कार प्रदान गर्नेछ । 
पर्यटन दिवसकै अवसरमा लुम्बिनी ट्राभलर त्रैमासिक पत्रिकाको लोगो समेत अनावरण गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार