Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

निकै अप्ठ्यारोमा पर्यटन क्षेत्र

पर्यटक आउने वातावरण बनाईदिन समिति मार्फत सरकारको ध्यानार्षण ।


  • लुम्बिनी चिन्तन
  • आश्विन १३, २०७८ बुधवार
  • 1.6K
    SHARES

निकै अप्ठ्यारोमा पर्यटन क्षेत्र

भैरहवा । पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि समयमा कदम चाल्न व्यवसायीहरुले संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समिती मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

परिक्षण उडानको अन्तिम तयारीमा रहेको भनिएको अन्तराष्ट्रि गौतमबुद्ध विमान स्थलको कार्यप्रगतिका विषयमा अध्ययन तथा अवलोकन भ्रमण गर्न मंगलबार भैरहवा आईपुगेको समितिको टोलीसंग यहांका विभिन्न व्यवसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सरकारको फितलो नीतिका कारण पर्यटन क्षेत्रको उत्थानमा बाधा पुगेको औल्याएका हुन ।

होटल एशोसियशन अफ नेपाल हानका केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठले पर्यटन क्षेत्रमा लागेका व्यवसायीहरुको लगानी सुरक्षित गर्न सरकार पछि हटेको भन्दै तत्काल राहतका कार्यक्रम ल्याई पर्यटन क्षेत्रलाई बचाउनु पर्ने बताउनुभयो । विश्वमहामारीको रुपमा फैलिएको कारोनाका कारण सबैभन्दा मारमा परेको पर्यटन क्षेत्रलाई सरकारले ध्यान नदिंदा लगानी डुबेर व्यवसायी पलायन हुने अवस्थामा रहेको श्रेष्ठको भनाई छ ।

collage (28).jpg

सो अवसरमा आफ्ना भनाई राख्दै व्यवसायीहरुले राष्ट्रिय गौरवका आयोजनाको पटक पटक म्याद थप गर्नु, भौतिक पुर्वाधार विकासमा सरकार उदासिन बन्नु, कमिशनको चक्करमा कम गुणस्तरलाई समेत मान्यता दिनु, अन्तराष्ट्रिय सिमानाका व्यवस्थित गर्न नसक्नु जस्ता कमजोरीले  अन्तराष्ट्रिय स्तरमा नेपालबारे गलत सन्देश गएको गुनासो गरे । पैदल मार्ग हुदै  सबैभन्दा बढी पर्यटक भित्रिने नेपाल भारत सिमानाका वेलहीया लगायतका नाकाहरुमा सहज आवागमन हुनुपर्ने, पर्यटकलाई अनावश्यक झन्झटमा पार्न नहुंने, सिमामा स्क्यानर मेसिन राख्नु पर्ने लगायतका काम अगाडि बढाउन समिति मार्फत सरकारको ध्यानाकर्षण गराउन माग गरे ।

पैदलमार्ग हुदै नेपाल भित्रिने पर्यटकलाई नेपाली गाईड उपलब्ध गराउनु पर्ने, लुम्बिनी परिषरभित्र संचालन गरिएका विभिन्न गुम्बाहरुमा पर्यटकलाई सिधै वास वस्न रोक लगाउनु पर्ने लगायतका सुधार सरकारले तत्काल गर्न उनीहरुले माग गरे ।

सिद्धार्थ होटल एशोसियसन सानको समन्वयमा सम्पन्न भएको छलफल कार्यक्रममा अधिकांश व्यवसायीहरुले कोभिडको समयको व्याज मिनाह गरिदिनु पर्ने माग समेत उठाएका छन् । सरकाले बजेट मार्फत घोषणा गरेको सहुलियत दिन बैंकहरु आनाकानी गरेको आरोप लगाउदै उतm सुविधा लिने व्यवसायीको तथ्यांक संकलन गर्न र अध्ययन गर्न व्यवसायीले समिति मार्फत सरकारलाई अनुरोध गरे ।

व्यवसायीका गुनासाहरुलाई टिपोट गरी संसद मार्फत सरकार समक्ष पुरयाउने र कार्यान्वयका लागि पहल गर्ने समितिका सदस्यहरुले प्रतिवद्धता जनाउनु भयो । सो अवसरमा संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिका  सदस्य  दिव्यमणि राजभण्डारी, नारदमुनि राना, पुष्पा कुमारी कर्ण कायष्त, मोहन बानिया, रेनुका गुरुङ्ग, सरला कुमारी यादव, कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।  

यस्तै व्यवसायीको तर्फबाट सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारी, सदस्य, नेपाल च्याम्बर अफ कर्मस रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली तथा सदस्य, टुर एण्ड टा«भल्स एशोसियनका पदाधिकारी, पत्रकार, होटल व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार