भैरहवा । कोभिड त्रासले खुल्न नसकेको पर्यटन तथा होटल क्षेत्रमा बाह्य पर्यटक तत्काल आउने सम्भावना न्युन छ । पर्यटन क्षेत्रको पुर्नजागरणका लागि आन्तरिक पर्यटनलाई महत्व दिन सरकारले कर्मचारीलाई विदा दिने निर्णय समेत गरेको छ ।

अहिले आन्तरिक पर्यटकसंगै न्यून मात्रामा बाह्य पर्यटक आउने क्रम सुरु हुदै छ । आम नागरिक संगसंगै माननीयहरु पनि फिल्डमा होमिएका छन । मंगलबार अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य माननीयहरुले रुपन्देही स्थित निर्माणाधिन गौतमबुद्ध विमानस्थल र मायादेवी मन्दिर निरिक्षण गरेका छन ।

भैरहवा स्थित बोधी रेडसन होटलमा बसेका उनीहरु लुम्बिनी निरिक्षणमा जानु अघि होटल परिसरमा करीब आधा घण्टा सेल्फी र फोटो खिच्दै रमेका थिए । एक माननीयले अर्का मननीयको फोटो खिच्दैमा व्यस्त थिए ।

संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारी, नारदमुनि राना, पुष्पा कुमारी कर्ण कायष्त, मोहन बानिया, रेनुका गुरुङ्ग, सरला कुमारी यादव, कुमार श्रेष्ठ लगायतको टोली रुपन्देही आएको छ ।




तस्बिरः माेहम्मद हबिब