Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

न्याय माग्दै सिता भण्डारीकाे परिवार सडकमा


  • लुम्बिनी चिन्तन
  • आश्विन १४, २०७८ बिहिवार
  • 696
    SHARES

न्याय माग्दै  सिता भण्डारीकाे  परिवार सडकमा

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा २७ वर्षीया सीता भण्डारीको हत्या भएको भन्दै स्थानीयले आन्दोलन जारी राखेका छन्। तिलोत्तमा-८ मणिग्राम चार नम्बरकी सीता भण्डारीको हत्या भएको भन्दै आन्दोलन भइरहेको हाे । तिलोत्तमा कफी कम्पनी नजिकै गत भदौ १९ गते २७ वर्षीया सीता भण्डारीको शंकास्पद मृत्यु भएको थियो। 

भण्डारीकाे परिवार र अाफन्त जनले सडकमा आन्दोलन गरेका छन् । न्यायको माग गर्दै आन्दोलनरत उनीहरुले सिताको हत्या भएको भन्दै न्याय दिनुपर्ने माग गरेका छन् । घटनापछि मृतकका माइती पक्षले घर पक्षबाट ‘हत्या’ भएको भन्दै थालेको आन्दोलन २५ दिनदेखि जारी छ। दिनहुँजसो आन्दोलन भएपनि सरकारी पक्षबाट सुनुवाई भएको छैन। 

सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले भने पनि माइती पक्ष भने यो मान्न तयार छैन। परिवारकै मिलेमतोमा सीताको हत्या गरी आत्महत्याको बाहना बनाइरहेको उनीहरुको दावी छ। लामो समयसम्म पनि समयमै छानविन नहुनु सत्य–तथ्य पत्ता नलाग्नु भनेको विडम्बना हो ।स्था निय सरकारले खेल्नु पर्ने भुमिका मौन रहनाले माईति पक्ष्य आन्दोलित बनेका छन ।

पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सीताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाएको छ।  

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले घटनाका बारेमा सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए।  सिआइवीको टोली समेत अनुसन्धानका लागि रुपन्देहीमा बसेर फर्केको छ। तर अनुसन्धानमा के भेटियो भन्ने जानकारी दिइएको छैन। प्रहरी प्रमुख केसीले पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए। 


लुम्बिनी चिन्तन

थप समाचार