Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

३९ औं मगर दिवसको तयारी पुरा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १४, २०७७ शुक्रवार
  • 1.2K
    SHARES

३९ औं मगर दिवसको तयारी पुरा

भैरहवा ।“इतिहास भाषा,लिपी,धर्म,संस्कति संरक्षण सम्बर्द्धन मगरहरुको मुलमन्त्र ! जातिय पहिचान ,स्वायत्त शासन सहितको लोकतान्त्रिक गणतन्त्र !! “भन्ने मुलनाराका साथ मनाइने  ३९ औं मगर एकता दिवसको सम्पूर्ण तयारी पुरा भएको छ । 
नेपाल मगर संघ सिद्धार्थनगर नगर कमिटीले विविध कार्यक्रम गरी मनाउन लागिएको मगर दिवसको सबै तयारी पुरा भएको अध्यक्ष चन्द्रबहादुर राना मगरले जानकारी दिए । भोली फाल्गुण १५ गते विहान ९ बजे देवकोटाचोकबाट मगर जातिय भेषभुषा सहितको झाँकी शुरु भइ नगरपरिक्रमा गरी वडा नं १२ स्थित डाडागाउ यूनिक बैक्वेट पार्टी प्यालेसमा पुगी विशेष कार्यक्रम आयोजना हुने छ । 
कार्यक्रममा राष्ट्रिय कलाकार बसन्ती थापा मगर ,वसन्ती सुनारी मगर र स्थानीय कलाकार हरुले मगर जातिको आफ्नो मौलिक संस्कृतिको प्रस्तुत रहने ,रक्तदान , छात्रवृत्ति वितरण ,सामुदायिक विधालय र निजी विधालयका शिक्षिका शिक्षकलाई सम्मान कार्यक्रमको सम्पर्ण तयारी पुरा भएको नगर अध्यक्ष राना मगरले बताए । 
आफ्नो जातिय भाषा ,धर्म ,लिपी र संस्कृतिको संरक्षण एंव सम्बर्द्धन गर्न उद्देश्यका साथ आज भन्दा ३९ बर्ष अगाडि मगर अग्रजहरुले संघको स्थापना गरेको दिनलाई मगर एकताको दिवसको रुपमा मनाउदै आएको नेपाल मगर लेखक संघ लुम्बिनी प्रदेश अध्यक्ष उमेश थापा लाटोमगरले बताए ।  


लुम्बिनी चिन्तन

थप समाचार