भैरहवा । नेपाल सरकारले नेपाल भारत सिमानाका खुला गरे पनि भारतिय पक्षको अवरोधका कारण सिमानााका पूर्ववत अवस्थामा फर्किन सकेको छैन ।
सिमामा तैनाथ भारतिय सिमा सुरक्षा बल एसएसबीलाई सिमा खोल्नबारे भारत सरकारबाट कुनै पनि निर्देशन र परिपत्र नआएकोले निजी सवारी आवगमन रोकेको हो । कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । भारतिय पक्षले मालवाहक गाडी र नागरिकलाई परिचय पत्रको आधारमा आवतजावत गर्न दिएपनि नेपाल सरकारले निर्णय गरेको कोभिड अगाडिकै अवस्थामा सिमा संचालन गर्ने निर्णय भारतिय पक्षको निर्देशनमा ढिलाई भएकोले रोकिएको हो ।
आइतबार बसेको मन्त्रि परिषदको बैठकको नेपाल भारत सिमानाका खोल्ने निर्णय गरेको थियो, निर्णय गरेपनि जिल्लामा परिपत्र नआएपछि विगत १८ महिना देखि रोकिएको निजी सवारीसाधनको आवगमन रोकिएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबारबाट आवगमन पहिलाकै अवस्थामा गर्ने भनि परिपत्र गरेपछि नेपाल तर्फ भारतिय निजी गाडीहरु आउने बाटो खुलेको छ ।
मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले बताउनु भयो ।
नेपाल तर्फ कुनै पनि अवरोध छैन, हामीले भन्सारका लागि आएको निजी गाडी भन्सार गरी पठाएका छौ । शुक्रबार दिउसाे सम्म एक वटा भारतिय कार ५ दिनका लागि नेपाल अाएकाेमा भन्सार गरी पठाएका छाै हामीबाट कुनै अवराेध छैन पासवानले भन्नु भयाे । मापदण्ड पालना गरेर यात्रु बोकेका भारतीय नम्बर प्लेटका जिप, कार, मोटरसाइकल जस्ता सवारी साधन नेपाल प्रवेश गर्न सकिन्छ ।
यता भारतिय पक्षले सिमा आवगमनमा अवरोध गरेको भन्दै स्थानीय व्यवसायीले सुनौली स्थित प्रहरी चौकी केही समय घेराउ गरेका छन । निर्वाध रुपमा सवारी आवगमन सुचारु गर्नु पर्छ भन्दै स्थानीय आक्रोश पोखे पनि भारतिय एसएसबीले नेपाल तर्फ गाडी प्रवेश सम्बन्धमा कुनै अनुमति नआएकोले रोक्न परेको उल्लेख गरे । हामीले रिर्पोटिङ गरी सकेका छौ, कुनै आदेश आएको छैन, शुक्रबार साझ सम्म केही निर्णय आउला प्रहरी अधिकारीले भने ।
नेपाल भारत सिमाको विभिन्न स्थल मार्गहरुबाट सरकारले तोकेको मापदण्ड पुरा गरेर सहज रुपमा नेपाल आउन पाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले बताउनु भयो । भारतीय नम्बर प्लेटको सरकारी वा निजी सवारी साधनमा नेपाल आउने यात्रुले कोरोना बिरुद्धको खोपको मात्रा अनिवार्य रुपमा पूरा गरेको हुनुपर्नेछ । यस्तै ७२ घण्टा अघिको पीसीआर नेगेटिभको रिर्पोट वा एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने शर्त पनि छ । नेपाल आउने यात्रुले सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थान केन्द्र) ले तयार पारेको यात्रु सूचना फारम भने अनिवार्य रुपमा भरेर सीमा नाकाको अध्यागमनमा बुझाउनु पर्ने थापाले बताउनु भयाे ।
सिमाना खोल्न होटल तथा पर्यटन व्यवसायीहरुले सक्रियता देखाउदै आएका थिए । मन्त्री परिषदको निर्णयले सिमाको आवगमनलाई कोभिड अगाडिकै अवस्थामा फर्काउने निर्णय गरेसँगै पर्यटन व्यवसायीहरु समेत उत्साहित बनेका छन ।