भैरहवा । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा भएको सिता भण्डारले मृत्यु अघि सुसाइड नोट लेखेको फरेन्सीक रिर्पोटमा देखिएको छ ।
भदौ २० गते बिहान घरमै मृत अवस्थामा भेटिएकी २७ वर्षिय भण्डारीको घटना ईलाका प्रहरी कार्यालय बुटवलबाट केन्द्रिय अनुसन्धान ब्यूरो सिआईबीले गरेको अनुसन्धानबाट घटना अघि सुसाइड नोट लेखिएको फेला परेको हो ।
सिआइबीले मृतक भण्डारीको विगतमा लेखिएको म्यासेज को विशलेष्ण गर्दे मोबाईल सेवा प्रदायक निकाय संग एसएमएस माग गरी श्रीमान टिका पौडेलसंगको कुराकानीको समेत विश्लेषण गरेको छ ।
विश्लेष्ण तथा अनुसन्धानबाट मृतक भण्डारीको घटनास्थलमा बरामद भएको मोबाइलमा राती १२ः १७ बजे सुसाइड नोट सहितको प्रतिवेदन फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त नोटमा ‘मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ भनि लेखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृतक भण्डारीको प्राप्त शव परिक्षण प्रतिवेदनमा मृत्युको कारण झुण्डि मृत्यु भएको उल्लेख भएपनि परिवारले हत्या भएको भनि ३ साता वित्दा पनि शव बुझन मानेको छैन । घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसनधान गरिरहेको छ ।