भैरहवा । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले १७ प्रतिशत लाभांस दिने भएको छ । शनिबार भलवारीमा भएको संस्थाको १६ औं वार्षिक साधारणसभाले १७ प्रतिशत लाभांस दिने गर्ने निर्णय सर्बसम्मत गरिएको हो ।
केन्द्रिय कार्यालय कोटिहवामा रहेको संस्था यस क्षेत्रकै अग्रणी साकोसको रुपमा परिचित छ । ८ वटा सेवा केन्द्र मार्फत सेवा दिदै आएको सकोसको सस्थागत कोष १८ करोडको छ भने मुनाफा ७ करोड ८६ लाख बराबर रहेको छ ।
आर्थिक गतिवधिीका साथसाथै सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको सहकारीले पछिल्लो समय कोभिड महामारीलाई लक्षित गर्दै मारमा परेका ऋणीहरुको लागि ३५ लाख बराबरको ब्याज छुट दिएको छ ।
कार्यक्रममा संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले सभामा २ अर्ब ५७ करोड बराबरको कुल पुंजी सहितको प्रतिबेदन प्रस्तुत गरेकी थिइन । सो अवसरमा बोल्दै अध्यक्ष पौड्यालले जनउत्थान नाम मात्रै नभएर समाजको उत्थानका लागि अघि बढ्दै गरेको बताइन ।
संस्थामार्फत समाजमा रहेका हरेक बर्गको उत्थान र बिशेषगरि गरीबी न्यूनीकरण गर्ने उद्देश्य रहेको बताउदै उनले सेवा केन्द्रमार्फत संस्थाले सेवा विस्तारलाई बढाउदै गएको बताइन ।
साधारण सभामा लेखा समितिको प्रतिबेदन संयोजक अनिल थापा श्रीस, सम्पति खरिद उपसमिति संयोजक बुद्धिबल न्यौपाने र ऋण उपसमितिको तर्फबाट रामप्रसाद अर्यालले प्रतिबेदन गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार श्यामलाल खरेल, ईश्वरचन्द्र पोखरेल, तिलोत्तमा नगर कार्यपालिका सदस्य एचबी रम्तेल, यम बहादुर थापा, मेखराज पुन, चेतराज पराजुली, कार्यदल सदस्य शिव गौडेल, परामर्श कार्यदलका सिता भट्टराई, शंकर प्रसाद गौतम, हस्त बहादुर हितांग, अर्जुन आचार्य लागायतले शुभकामना मन्तब्य राख्दै जनउत्थान सहकारीले सञ्चालन गर्दै आएकोे सामाजिक तथा आर्थिक र समाज रुपान्तरणका लागि गरेको कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा निल प्रसाद पुनले आर्थिक प्रतिबेदन, सचिव सरु रानाले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिइन । भर्चुअल माध्यमबाट भएको कार्यक्रम संस्थाका उपाध्यक्ष गिरि प्रसाद पुनको स्वागत सचिव सरु रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तिलोत्तमा १५ कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हालसम्म २७ हजार ४ सय १७ जना शेयर सदस्य आबद्ध रहेका छन ।