भैरहवा । जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ । आउदै गरेको बडा दशै, दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापनका लागि प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
कार्यालयले चाडपर्व अवधीभर ९ सय ४४ जना प्रहरी परिचालन गर्दै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए ।
कार्यालयले कोरोना भाईरस, चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध प्रहरी परिचालन गर्ने, प्रहरीले सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी तस्करीलाई सख्त कारवाही दावी गरेको छ । प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली कार्यवाही टिम (क्युआरटि)को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाएको थापाले बताए ।
चाडपर्वकोसमयमा बढी पटका, आतसबाजीको प्रयोग हुने भएकोले सो हुन गर्न नदिन र गर्नेलाईपक्राउ गरी कारवाही गर्ने, सवै खाले जुवाजन्य खेलहरू, चन्दा लगायतका गतिविधीहरूको सूचना संकलन गरी प्रहरी परिचालनगर्ने, हाई वे हरूमा रात्रीको समयमा पेट्रोलिङ गर्ने, बन्द रहनेसरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड ÷ कार्यालय सहयोगीहरु संगसमन्वय सहितको सुरक्षा व्यबस्था मिलाउने ।
यस्तै विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गर्ने, वेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रुसहायता कक्ष स्थापना गरी यात्रुहरुलाई सुरक्षित यात्राको प्रत्याभुती दिन, चार्डपर्वकोसमयमा बढि भिडभाड हुने बजार, हाटबजारहरुमा पैदल गस्ति, मोवाईल गस्ति गरीबिभिन्न प्रकारका अपराधीक कृयाकलापहरु विरुद्ध प्रहरी परिचालन गर्ने जनाईएको छ ।