Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी प्रदेशका कोभिड वारियर्सलाई अवार्ड बाट सम्मान गरिने


  • लुम्बिनी चिन्तन
  • आश्विन १८, २०७८ सोमवार
  • 470
    SHARES

लुम्बिनी प्रदेशका कोभिड वारियर्सलाई अवार्ड बाट सम्मान गरिने

भैरहवा । लुम्बिनी प्रदेशमा कोभिडको समय अग्रपक्तिमा रहेर काम गर्ने संस्था र व्यक्तिलाई सम्मान गर्ने भएको छ । 
भैरहवा स्थित मायादेवी च्यारिटेबल फाउण्डेशनले कोरोना भाइरसको जोखिममा विशेष योगदान गन दर्जन बढिलाई कोभिड–१९ वारियर्स अवार्डबाट सम्मान गरिने भएको हो । 

कोभिडको समयमा काम गर्ने सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सामाजिक ब्यक्तित्व, अभियन्ता तथा संघ–संस्था लगायतलाई अवार्ड प्रदान गरिने फाउण्डेशनका संस्थापक रवि कुमार रौनियारले जानकारी दिए ।

फाउण्डेशनले सोमबार भैरहवामा पत्रकार सम्मेलनगरी असोज २३ गते उक्त कार्यक्रम गर्ने जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.को प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा प्रदेशका १२ वटै जिल्लाको प्रतिनिधित्व सहित कोभिड वरियर्सहरुलाई सम्मान गरिने छ । 

हरेक जिल्लाबाट एक देखि तीन जना सम्मलाई अवार्ड प्रदान हुन्छ । २५ रुपैयाँमा शाकाहारी खाना खुवाएर चर्चा बटुलेको फाउण्डेशनले सामाजिक क्षेत्रमा अनगिन्ती काम गरेको छ । फाउण्डेशनको स्थापना दिवसकै अवसरमा कार्यक्रम गर्ने योजना बनाएपनि कोभिडको कारण सम्भव हुन नसकेको उनले बताए । अवार्ड कार्यक्रममा फाउण्डेशनलाई सहयोग गर्ने ब्यक्तित्वलाई सम्मान गर्ने र अति विपन्न परिवारलाई आर्थिक सहयोग समेत प्रदान गर्ने योजना फाउण्डेशनको रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार