भैरहवा । नेपाल इन्भेष्टमेन्ट बैंक लि.को ३५औं वार्षिकोत्सवको अवसरमा भैरहवामा साइकल र्याली भएको छ ।
स्वास्थ्यका लागि साईकल भन्ने नाराका साथ इन्भेष्मेन्ट बैंक लुम्बिनी प्रदेश कार्यालय तथा भैरहवा शाखा कार्यालयको आयोजनामा साइकल र्याली गरिएको नेपाल इन्भेष्टमेन्ट बैंक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख रामराज शर्माले बताए ।

साइकल सिटी भैरहवाको सहकार्यमा भैरहवामा र्याली गरिएको हो । साइकल सिटीमा आबद्ध सदस्य सहित यस क्षेत्रका ५० बढी साइक्लिस्ट हरुको सहभागीता रहेको थियो । बैकको भैरहवा कार्यालय परिसर देखि सुरु भएको साइकल र्याली सुरु भई नारायणस्थान, बर्मेलीटोल, बुद्धचोक, लुम्बिनी रोड, एअरपोर्ट , गल्लामण्डी, पिप्रहिया चौकी हँुदै दुर्गा कोलोनी, मेडिकल कलेज, आँखा अस्पताल, देवकोटा चोक, बैंक रोड मिलन चोक हुँदै पुनः कार्यालय परिसरमा समापन भएको थियो ।

साइकल चढ्नाले मानिसलाई स्वस्थ बनाउनुका साथै वातावरण संरक्षण गर्न र सवारीसाधनको इन्धनका लागि खर्चिने रकममा पनि बचत हुन्छ । पहिल्लो समय भैरहवा क्षेत्रमा समेत साइकलको पारखीहरु बढ्दो क्रममा छन ।