Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

तिलोत्तमा चेम्बरले गर्यो शुभकामना आदानप्रदान


  • लुम्बिनी चिन्तन
  • आश्विन २१, २०७८ बिहिवार
  • 742
    SHARES

तिलोत्तमा चेम्बरले गर्यो शुभकामना आदानप्रदान

तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्श (ब्यापार संघ) को आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संवत ११४२ एवं छठ पर्व २०७८ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशका सांसद एवं पुर्व मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण डांगी, संस्थाका निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका महासचिव झविन्द्र प्रसाद कंडेल, पुर्व सल्लाहकार, पुर्व पदाधिकारीहरु, पुर्व कार्यसमिति सदस्यहरु, पुर्व लेखासमिति साथै संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखासमिति, सल्लाहकार समिति, उद्योगी, व्यवसायीहरु एवं  कर्मचारीहरुको उपस्थिति रहेकोे संस्थाका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए । 

कार्यक्रममा संस्थाका पुर्व सल्लाहकार लोकहरी श्रेष्ठ, डा.रोहितराज क्षेत्री, सल्लाहकार नुमेन्द्र पौडेल, निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका महासचिव झविन्द्र प्रसाद कंडेल, संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव विष्णु बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव कंडेलले आगामी दिनमा संस्थाको आफ्नै भवनबाट सम्पूर्ण कार्यहरु गर्ने गरी सबै पक्षसँग सहकार्य गरी भवन निर्माण कार्य अगाडि बढाउन आग्रह गर्दै आफू जस्तोसुकै कार्यमा साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

लुम्बिनी प्रदेश सांसद एवं पुर्व मन्त्री लिला गिरीले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरुको चर्चा गर्दै अग्रभागमा रहेर कार्य गरेकोप्रति धन्यवाद ब्यक्त गरेका थिए । साथै संस्थाको निर्माणाधीन भवनको काम शिलान्यास पछि निर्माण कार्य रोकिएको हुँदा तत्काल छलफल गरी समस्याको समाधान गरी अगाडि बढ्न र आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्वता समेत ब्यक्त गरेका थिए ।

अध्यक्ष बाबुलाल भुसालले संघले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडि बढाउँदै लैजाने बताए । कार्यक्रमको ब्यवस्थापन सचिव मान बहादुर बर्माले गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार