Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

होटल नान्समा मिनी क्यासिनो, ३० करोड लगानी ५२ जनालाई रोजगार


  • लुम्बिनी चिन्तन
  • आश्विन २१, २०७८ बिहिवार
  • 560
    SHARES

होटल नान्समा मिनी क्यासिनो, ३० करोड लगानी ५२ जनालाई रोजगार

 भैरहवा । भैरहवा स्थित होटल नान्सले मिनी क्यासिनो सञ्चालनमा ल्याएको छ । कोभिडको समयमा स्तरोन्नती गरी ४ तारे होटलको रुपमा सेवा विस्तार गरेको होटलले मिनी क्यासिनो प्याराडाईज बिहीबारबाट सञ्चालनमा ल्याएको हो । 

घटस्थापनाको अवसरमा क्यासिनोको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता र होटल नान्सका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन । बिशेष गरि भारतीय पर्यटकलाई लक्षित गरि खोलिएको उक्त क्यासिनोमा नेपाल बाहेक अन्य मुलुकका पर्यटकले पनि खेल्न पाउने छन ।

कोभिडपछि नेपाल–भारत नाका सुचारु भए पछि नेपालमा बिस्तारै पर्यटन व्यवसायले गति लिएकोले यस क्षेत्रमा अर्थतन्त्र चलायमान बनाउन क्यासिनो सञ्चालनमा ल्याएको सञ्चालक अमित गुप्ताले बताए । करिब ३० करोडको लागतमा मिनि क्यासिनो सञ्चालनमा आएको छ,  क्यासिनोमा अहिले ५२ जनाले प्रत्यक्ष रोजगारी पाएको र यो बढेर ८० जना सम्म पुग्ने संचालक गुप्ताले बताए । 

क्यासिनोको उद्घाटन गर्दै रामग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ताले कोभिड पछि अर्थतन्त्र चलायमान बनाउन बिभिन्न क्रियाकलाप आवश्यक रहेको बताए । उनले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवाको पर्यटकिय बिकासको लागी धेरै काम गर्न बाँकी रहेको बताए । 
सन २०१० मा ३ तारे होटलको रुपमा स्थापना भएको होटल नान्स लकडाउन पछि ४ थप निर्माण गर्दै ४ तारे होटलको रुपमा अद्यावधिक भएको यसको सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले बताए । अहिले लगानी बढाएर १ अर्बको हाराहारीमा पु¥याएको श्रेष्ठको भनाई छ । 

सञ्चालनमा आएको क्यासिनो प्याराडाईजमा तत्कालको लागी रुलेट, बक्रा, अन्डरबार, किट्टी, क्यासिनो वार जस्ता खेलहरु रहेको छ । भारतीय पर्यटक लक्षित क्यासिनोमा भारतीय पर्यटकलाई सीमाबाट ल्याउने लैजाने सुविधा समेत प्रदान गरिएको उनले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार