Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गोरुसिंगे जंगलमा गोली प्रहार गरी नगद लुटपाट


  • लुम्बिनी चिन्तन
  • आश्विन २१, २०७८ बिहिवार
  • 560
    SHARES

गोरुसिंगे जंगलमा गोली प्रहार गरी नगद लुटपाट

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन ।

तौलिहवा– गोरुसिंगे सडक अन्र्गत तिलौराकोट साझेदारी वनको अफिस भन्दा केही पर मोटरसाईलमा आएका २ जनाले कारमा सवार एक जनामाथी गोली प्रहार गरी सो नगद लुटेर भागेका हुन ।

बिहीवार दिउसो ३ बजेतिर प्र– ३– ०१– २३ च ८०८९ नम्बरको कारमा सवार मायादेबी गाउपालिका–४ चाकरचौडाका रामरक्षा जैसवालमाथी गोली प्रहार गरी लुटेरहरु भागेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए । आफनो घरबाट वडा नम्बर १० चेत्रादईमा रहेको ईटा भट्टा पुगेर गोरुसिंगेको बाटो हुदै रामरक्षा बुटवल तिर गईरहेका थिए ।

अपरिचित ब्यक्तिहरुले रामरक्षाको पिछा गर्दै पेस्तोल तेर्साएर कार रोकाएरका थिए । कारको बायातिरको अघिको ढोका तर्फ पेस्तोल प्रहार गरी लुटेराहरु नगद लुटेर भागेको थिए । कारको ढोकाको भागका गोलीले प्वाल परेको छ ।

प्रहरीले गोलीको खोका समेत बरामद गरेको छ ।‘ रारक्षासंग पैसा भएको कुरा थाहा भएको र पैसा कारमा कहा राखेको भन्ने जानेको मान्छेहरुले नै यो घटना गरेको जस्तो लागेको छ ’ प्रहरी उपरिक्षक कार्कीले भने ‘ लुटेराहरुको मान्छे मार्ने भन्दा नगद लुटने नियत देखिन्छ, त्यसैले तर्साउनकालागि मात्र गोली चलाएको जस्तो देखियो ’ उनले भने ।

घटनाको जानकारी भए लगत्तै प्रहरी उपरिक्षक कार्की, नायब उपरिक्षक धर्मराज भन्डारी सहीतको टोली दिउसो नै घटना स्थल पुगेर रामरक्षासंग सोधपुछ र घटनास्थलको निरीक्षण गरेका थिए । घटना बारे रामरक्षाले नै कपिलवस्तु संग्रहालयमा रहेको प्रहरीलाई जानकारी गराएका थिए । उनले ९९ सयमा फोन समेत गरेको बताएका छन । रामरक्षा सकुसल र सामान्य रहेको प्रहरी उपरिक्षक कार्कीले बताए ।

रामरक्षाले भनेको घटनाको सयममा मोबाईलको लोकेसने ट्रेस गर्दा उनी त्यस बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा रहेका देखाएकाले घटना शंकास्पद देखिएको प्रहरी उपरिक्षक कार्कीैले बताए । उनले घटनाको सुक्ष्म अध्ययन गरीरहेको बताए । रक्षाराम ईटा भट्टा र कोईलाको कोरोबारी हुन ।  


लुम्बिनी चिन्तन

थप समाचार