Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पटाका सहित पसलका संचालक पक्राउ


  • लुम्बिनी चिन्तन
  • आश्विन २२, २०७८ शुक्रवार
  • 1.1K
    SHARES

पटाका सहित पसलका संचालक पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पटाका सहित पसलकाे संचालकलाइ पक्राउ गरेकाे छ । बिहीबार दिउसो २ बजे वुटवल उप–महानगरपालिका वडा नं. ११ मजुवा स्थित दिलिप केशरीको घरमा संचालित पसलमा खानतलासी गर्दा ५ सय ७५ किलो पटाका सहित पसल संचालकलाइ पक्राउ गरिएकाे हो । 

बिस्मिल्ला मियाले संचालन गरेको पसल भित्र पटकाहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी  कार्यालय बुटवल रुपन्देहीबाट खटिएको टोली खानतालासी तथा चेकजाँच गर्दा बिभिन्न प्रकारका १५हजार ३८१ प्याकेट करिब ५७५ के.जी.(पाच सय पचहत्तर किलो ग्राम) पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारयण थापाले जानकारी दिए । 

collage (9).jpg

बरामद पटाकाको बजार मुल्य ९ लाख बढि रहेको छ । पटका सहित पसलका संचालक ३१ वर्षिय  बिस्मिल्ला मियालाई पक्राउ गरी अनुसन्धान भइरहेको थापाले जानकारी दिए । 

यस्तै कार्यालय मातहत रहेका कार्यालयले विभिन्न ठाउँबाट १६ लाख ४४ हजार बढिको अबैध सामान बरामद गरि भन्सार कार्यालय कारवाहीका लागि पठाएको छ । बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदह बाट ८ लाख बराबरको मोबाइल, ईलाका प्रहरी कार्यालय बुटवल बाट २ लाख २५ हजार बराबरको  कपडा तथा सौन्दर्यको सामान, ३ लाख ४० हजार बराबरको  मर्चवारबाट कपडा लगायतका बस्तु बरामद गरिएको छ । बरामद सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको कार्यालयले जनाएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार