भैरहवा । सक्षम सहारा बहुउद्देशिय महिला समुह सिद्धार्थनगरको तेस्रो बार्षिक साधारण सभा ,स्वागत शुभकामना तथा सम्मान कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
समुहकी अध्यक्ष शान्ता कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री सहस राम यादव , श्रम रोजगार तथा यातायात मन्त्री पुमती घर्ति मगर , कृर्षि मन्त्री सुमन शर्मा रायमाझी , प्रदेश सभा सदस्य निर्मला भटट्राई , राष्ट्रिय महिला आयोगको पुर्ब सदस्य धनेश्वरी चौधरी , जनउत्थान सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौडेल , चन्द्र प्रकास श्रेष्ठ , राजेन्द्र श्रेष्ठ, डा अभिशेक रावल कराते महांसंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर केशी , किशोरपुर गांउ समाजका अध्यक्ष पुरन सिंह राना, समाजसेबि राम दयाल गुप्ता, नेता महेन्द्र यादव लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा समुहका अध्यक्ष शान्ता कडेलले संस्थाको बार्षिक प्रतिबेदन प्स्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष खेम कुमारी थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
सचिव लाजिना देवकोटा संचालन र उपाध्यक्ष सचिता अर्यालको स्वागतमा सम्पन्न कार्यक्रममा संचार क्षेत्रमा सहयोग गरेका भन्दै पत्रकार दिपेश पछाईलाई सम्मानित गरीएको थियो ।
त्यसैगरि सो क्रममा बिध्यार्थीहरुलाई छात्रबृद्धी प्रदान गरिएको थियो । समिल केशी , दिक्षा शर्मा , अस्मिता सुबेदी ,प्रबिन कुवर र रिद्धिका श्रीवास्तव लाई सम्मानित गरिएको थियो । श्रवण पुन , बिज्ञान भण्डारी र अमुज बस्नेतलाई छात्रबृद्धी प्रदान गरिएको थियो । त्यसैगरि बुहारीहरु सिता पौडेल , मिना सिंह क्षेत्री र सचिता अर्याललाई सम्मान गरिएको थियो ।