भैरहवा । भैरहवा मर्निङ्गवाक ग्रुपले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम विहीवार भैरहवामा सम्पन्न गरेको छ ।
ग्रुपका अध्यक्ष ओमकार गौचनको अध्यक्षता तथा ब्रह्माकुमारी शान्ति दिदीको प्रमुख आतिथ्यता, संविधानसभा सदस्य ईस्तियाक अहमद खानको विशिष्ठ आतिथ्यतामा विजया दशमी, दिपावली, छठ तथा नेपाल संवद ११४२ को शुभकामना आदान प्रदान गरिएको समुहका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
समुहले नेपाल सरकारबाट विभिन्न पदवीबाट सम्मानित हुनुभएका यस क्षेत्रका व्यतिmहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । कार्यक्रममा यस वर्ष राष्ट्रपतिबाट सम्मानित कृष्ण प्रसाद शर्मा, कुल प्रसाद न्यौपाने, नारायण प्रसाद अग्रवाल, पत्रकार माधव ढुंगाना, रचना क्षेत्री लगायतलाई बधाई ज्ञापन गरिएको थियो । सो अवसरमा स्वागत मन्तव्य व्यतm गर्दै संस्थापक अध्यक्ष श्रेष्ठले दशै,तिहार, छठ लगायत नेपाल सम्बदको महत्वका विषयमा जानकारी दिनुभयो ।

भैरहवा मर्निङ्गवाक समुहले सरकारको सेवाको पहुंच नपुगेका क्षेत्रमा दृष्टी पुरयाउने काम गर्दै सेवा प्रदायक संघसंस्थालाई जवाफदेही बनाउन खवरदारी गर्दै आईरहेको बताउनु भयो । कर्यक्रममा प्रमुख अतिथि शान्ति दिदी, विशिष्ठ अतिथि संविधानसभा सदस्य ईस्तियाक अहमद खानले भैरहवा मर्निङ्गवाक समुह बुद्दिजिविको समुह भएकोले समाजलाई सही बाटोमा लैजान महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उद्योग प्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपाने, संघका निर्वतमान अध्यक्ष कुल प्रसाद न्यौपाने, समाजसेवी नारायण प्रसाद अग्रवाल, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भिमसेन कर्माचार्य लगायतले शुभकामना मन्तव्य व्यतm गर्नुभयो । कार्यक्रममा यस क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख लगायत प्रतिनिधिको उपस्थिति रहेको थियो ।