भैरहवा । दिप ज्योति महिला सचेतना समुह सिद्धार्थनगर ८ अन्नपुर्णटोलको आयोजनामा धार्मिक पुसताक विमोचन, बधाई तथा शुभकामना आदान प्रदान कार्याक्रम सम्पन्न भएको छ ।
समुहका अध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा समपन्न कार्यक्रममा संक्षिप्त गणेश नवदुर्गा महालक्ष्मी पुजा विधि पुस्तक विमोचन गरिएको थियो । सो पुस्तकका प्रमुख लेखक शिव कुमार सापकोटा तथा लेखक नरनाथ पौडेलले तयार गर्नुभएको हो ।
सोही अवसरमा समुहले नेपाल सरकारबाट विभिन्न पदवीद्धारा सम्मानित हुनुभएका नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा, समाजसेवी नारायण प्रसाद अग्रवाल, कुल प्रसाद न्यौपाने, रचना क्षेत्री, गोविन्द गोयनका लगायतलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष शान्ति अधिकारीको अध्यक्षता, स्वागत तथा कार्यक्रमका बारेमा जानकारी दिईएको कार्यक्रमको प्रमुख अतिथि कृष्ण शर्मा तथा संचालन संस्थाका आजिवन सदस्य विना भण्डारीले गर्नुभएको थियो । घटस्थापनाको अवसर पारेर संस्थाले दुर्गा मन्दिर परिसरमा वृक्षारोपण समेत गरेको छ ।