Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेसीआई सिद्धार्थद्वारा बृद्ध आश्रममा नगद र खाद्यान्न सहयोग


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १५, २०७७ शनिवार
  • 1.5K
    SHARES

जेसीआई सिद्धार्थद्वारा बृद्ध आश्रममा नगद र खाद्यान्न सहयोग

भैरहवा । जेसीआई सिद्धार्थ नेपालले ओमसतिया–४ बालापुरमा अवस्थित श्री सत्यसाई बृद्ध सेवा आश्रममा सहयोग गरेको छ ।
सस्थाले शनिबार सामाजिक क्रियाकलाप अन्तर्गत आश्रमकी अध्यक्ष माया खरेललाई नगद र खाद्यान्न सहयोग गरेको हो ।
मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने आस्थालाई अङगीकार गर्दै १९७५मा स्थापित सस्थाले हरेक वर्ष सामाजिक काम गर्दै आएको छ , नेतृत्व विकास मात्र नभइ सामाजिक विकास अन्तर्गत यस वर्षको सुरुवातमै आश्रमका लागि केही भएपनि सहयोग होस भन्ने हेतुले खाद्यान्न सहित २१ हजार एक सय ५ रुपैया नगद सहयोग गरेको जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष गोपाल ज्ञवालीले बताए । 

jci (5).jpgjci (4).jpgकार्यक्रममा बोल्दै प्रमुख अतिथि जेसिआई सिद्धार्थका मानार्थ सदस्य तथा नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर राणाले जेसिसले नेतृत्व विकासको साथसाथै सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेको बताए । जेसिससँग सहकार्य गरी अघि बढ्न नेपाल नेत्र ज्योति संघपनि सहकार्य गर्न तत्पर छ, दिनदुखी गरिबहरुलाई शरीरको महत्वप्ुर्ण अंग आखा जोगाउन युवाहरुले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताए । 

jci (1).jpg
आश्रममा १० आमा, ५ बुवा र ३ जना कर्मचारी रहेका छन । खाद्यान्न जसो तसो चलेपनि समय समयमा सस्थामा आर्थिक संकट हुने गरेकोले सस्थाले गरेको सहयोगले केही राहत भएको आश्रमकी अध्यक्ष खरेलले बताइन । 
जेसिसले व्यक्तिगत, सामाजिक, व्यवसायिक र अन्तराष्ट्रिय आधारमा रहेर विकासको काम गर्दै आएको छ । सामाजिक काम अन्तर्गत पहिलो कार्यक्रमको रुपमा आश्रमलाई चामल, दाल, तेल, आलु प्याज, आटा, चिनी लगायतको सामाग्री सहयोग गरेको कार्यक्रम संयोजक केशव भण्डारीले बताए ।   

jci (2).jpg
सस्थाका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष अर्जुन कुंवरको सञ्चालनमा भएको कार्यक्रममा जेसीआई सिद्धार्थ लेडी नेपालकी पूर्व अध्यक्ष विन्दु काफ्ले उपाध्याय, सौरभ घिमिरेलगायतले मनतव्य राखेका थिए । 

jci (6).jpg


लुम्बिनी चिन्तन

थप समाचार