Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मुख्यमन्त्री कार्यालय अगाडि लियाेद्वारा सडक नाटक


  • लुम्बिनी चिन्तन
  • आश्विन २२, २०७८ शुक्रवार
  • 1.8K
    SHARES

मुख्यमन्त्री कार्यालय अगाडि  लियाेद्वारा सडक नाटक

भैरहवा । लियो जिल्ला परिषद ३२५ बि२ नेपाल एरिया ४ ले महिनावारी सचेतना तथा सडक नाटक कार्यक्रम गरेको छ । शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी सचेतना कार्यक्रम सम्पन्न भएको हाे । 

कार्यक्रममा बोल्दै रिजन १३ चेयरपर्सन तथा कार्यक्रम संयोजक श्रद्धा कुवरले धेरैलाई अझै पनि प्याड के हो भन्ने थाहा नभएको र कतिपय महिलाले अहिले पनि महिनावारीमा टालो, कपडा प्रयोग गरि रहेको जस्ले गर्दा महिलाहरु पठेघरमा क्यान्सर जस्ता रोगबाट शिकार भई रहेको बताईन् । उनले भनिन्, सरकारले प्याडमा लगाएको कर फिर्ता गर्नुपर्ने र अत्यावश्यक स्थानहरु जस्तै विद्यालय, स्वास्थ्य संस्था र अन्य सम्बन्धीत ठाउँमा नि:शुल्क उपलब्ध गरानु पर्ने बताईन् । अब सडकमा बसेर मात्र आवाज नउठाउने र आगामी दिनमा औपचारिक रुपमा कार्यक्रम गर्ने र यो कार्यक्रम माग पुरा नहुदा सम्म निरन्तर रुपमा संचालन हुने पनि बताईन् ।IMG_20211008_214943.jpg

यस्तै कार्यक्रममा बोल्दै एरिया ४ का चिफ सुमन अधिकारीले सेनेटरी प्याड महिलाहरुको अत्यावश्यक सामाग्री भएको हुनाले सरकारले सेनेटरी प्याडमा रहेको १३% कर पुर्ण रुपमा हटाउनु पर्ने बताए । यस्तै अधिकारीले मुख्यमन्त्री कार्यालयमा अनुरोध पत्र बझाईएको र सेनेटरी प्याडमा रहेको १३% कर पुर्ण रुपमा हटाउनु पर्ने,  अत्यावश्यक स्थानहरु जस्तै विद्यालय, स्वास्थ्य संस्था र अन्य सम्बन्धीत ठाउँमा नि:शुल्क उपलब्ध गराउन पर्ने,  महिनावारी सचेतनाका कार्यक्रमहरु सम्बन्धीत निकायबाट संचालन गर्नु पर्ने, आवश्यक परेको अवस्थामा सामाजिक संस्थाहरुसंग आवश्यक सहकार्य गर्नु पर्ने जस्ता माग रहेको बताए ।

कार्यक्रममा महिनावारी हुनु हाम्रो रहर होइन बाध्यता हो, तिमीले बाध्यतालाई पैसा कहिले सम्म तौलिने सरकार, सरकार महिनावारीमा कर कहिले सम्म, महिनावारीको रगत छ र तिमी छौ, प्याडमा कर लगाउनु स्लाईनमा बिष मिसाउनु जस्तै हो, कण्डम रहर प्याड बाध्यता, महिनावारी राज्यलाई किन भारी, आयो है आयो दशैं अफर प्याडमा कर म नेपाल सरकार, नबस्नु है मेरो भर बाटोमा कराएनी मलाई के को डर भन्ने जस्ता प्याम्पेलेटहरु प्रयोग गरिएको थियो । IMG_20211008_215006.jpg

कार्यक्रममा अमरीता खनाल, सम्झना खरेल, रितिका कार्की, आकृती ज्ञवाली, कविता सापकोटा, एलेस् मगर, पुजा ढकाल र रेजिना कार्कीले नाटक प्रस्तुत गरेका थिए । महिलाले महिनावारीको बेलामा सहनु पर्ने दुख, पिडा, महिनावारीको बलामा टालो, कपडा प्रयोग गर्दा निम्तिने समस्या र भविस्यमा त्यसले ल्याउने स्वास्थ्य समस्या जस्ले गर्दा पठेघरको क्यान्सरबाट शिकार हुनु पर्ने नाटकमा देखाइएको थियो । 

कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बि२ नेपालका पदाधिकारी र बुटवल, भैरहवा, देवदह, तिलोत्तमा, कपिलवस्तु, सैनामैना क्षेत्रबाट १०० भन्दा बढी लियो सदस्यहरुको उपस्थिती रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार