Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सैनिक नागरीक वृहत वृक्षारोपण कार्यक्रम अन्तर्गत सेमरहवामा ३ सय ५० विरुवा रोपियो


  • लुम्बिनी चिन्तन
  • आश्विन २३, २०७८ शनिवार
  • 1.9K
    SHARES

सैनिक नागरीक वृहत वृक्षारोपण कार्यक्रम अन्तर्गत सेमरहवामा ३ सय ५० विरुवा रोपियो

भैरहवा । रुपन्देहीको रोहिणी गाउंपालिका ४ स्थित सेमरहवा सामुदायिक पार्क, शिव मन्दिर वगैचामा सैनिक नागरिकको सहभागितामा  वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली सेना कालीभक्ति गण भैरहवाको “गो ग्रिन कार्यक्रम ”अन्तर्गत नागरिक सैनिक सहकार्यमा बगैंचालाई सुन्दर बनाउने गरी विभिन्न प्रजातिका ३ सय ५० विरुवा रोपिएको कार्यक्रमका अध्यक्ष अजय कुमार गुप्ताले बताउनु भयो ।

रोहिणी गाउंपालिकाको आयोजना, नेपाली सेना, लायन्स क्लब अफ रोहिणी, युनिभर्सल फार्मा सोसाईटी अफ नेपाल, करुणा च्यारिटेवलको सहकार्यमा वृक्षारोपण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व कृर्षिमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले विरुवा रोप्नु आफैमा पुन्य काम भएकोले रोपिएका विरुवाको संरक्षण तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

WhatsApp Image 2021-10-09 at 12.01.06 PM.jpeg

वर्षैपिच्छे विरुवा रोप्ने तर ति विरुवा हुर्काउन र संरक्षण गर्न सकिएन भने त्यको कुनै अर्थ नहुने उहांको भनाई थियो । सैनिक र नागकिको सहकार्यमा यस्ता सामाजिक कार्य गर्दा त्यसले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा रोहिणी गाउंपालिकाका अध्यक्ष सनोज कुमार यादवले उतm पार्कको डिपिआर तयार भईसकेकोले गाउंपालिकाले लगानी गर्न आतुर रहेको तर केही व्यतिmको अवरोधका कारण अघि बढ्न नसकेको जानकारी दिनु भयो । कुनैपनि वहानामा विकासमा अवरोध नगर्न स्थानीयलाई सचेत गराउनु भयो । यस्तै रोहिणी ऐतिहासिक स्थान भएका कारण यसको विकासमा प्रदेश सरकार र केन्द्र सरकारले समेत साथ दिन उहांले आग्रह गनुभयो ।

WhatsApp Image 2021-10-09 at 12.01.07 PM (1).jpeg

संजय गुप्ताको संचालनमा सम्पन्न भएको कार्यक्रममा शिव मन्दिरका महन्थ चौथी यादव, खगेन्द्र यैडी, मोहमद ईद्रिस,अशोक पाण्डे,हजरत अलि पठान, देवेन्द्र यादव लगायतले रोपिएका विरुवालाई संरक्षण गरी सेमरहवा पार्कलाई पर्यटकीय स्थान बनाउने प्रतिवद्धता जनाए । सो अवसरमा नेपाली सेना कालीभतिm गण भैरहवाका  सेनानी प्रकाश खड्का, सह सेनानी सिद्धान्त मण्डल, युनिभर्षल मेडिकल कलेजका तेज केशी,करम खान, प्रविन कुमार चौधरी, राजेश गुप्ता, मिना पाण्डे,अशोक पाण्डे, उसमान, नेत्रमणि पाण्डे, ओम प्रकाश पासी, मिना केशी, डोलमणि चौधरी, जीवनदास चौधरी, दिलिप पासवान लगायतको सहभागीतामा वृक्षारोपण गरिएको थियो । साढे चार विगाहामा फैलिएको उतm पार्कलाई व्यवस्थित गरी रोहिणी गाउंपालिकाको पर्यटकीय स्थान बनाउने गाउंपालिकाको लक्ष्यलाई साथ दिने उनीहरुले प्रतिवद्धता जनाए ।


लुम्बिनी चिन्तन

थप समाचार