Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा तुलसी द नेपाली अर्गानिक होम एण्ड अक्सी प्योर शुभारम्भ

च्याउको प्रयोग गरी दीर्घ जीवन बाचौं


  • लुम्बिनी चिन्तन
  • आश्विन २३, २०७८ शनिवार
  • 1.8K
    SHARES

भैरहवामा तुलसी द नेपाली अर्गानिक होम एण्ड अक्सी प्योर शुभारम्भ

भैरहवा । सिताके च्याउ र च्याउबाट बनेका विभिन्न तयारी तथा औषधीय उत्पादनहरुको विक्री वितरण भैरहवाबाट सुभारम्भ गरिएको छ ।

सिद्धार्थनगर ७ स्थित जनकपथचोकमा तुलसी द नेपाली अर्गानिक होम एण्ड अक्सी प्योर मार्फत सिताके च्याउ, ग्यानो लगायतका अर्गानिक वस्तुहरुको विक्री शुभारम्भ गरिएको हो । भैरहवाका युवा व्यवसायी विनोद पराजुली र रितेश विष्टले करीब ८० लाखको लगानीमा अर्गानिक होम तथा अक्सी प्योर संचालनमा ल्याएका हुन । पाल्पाको लहरेपिपल स्थित भैरव च्याउ उद्योगसंगको समन्यमा उत्पादन विक्री गरिनेछ ।

विषेश गरेर नेपालको पहाडि भुभाग पाल्पामा बढी उत्पादन हुने सिताके च्याउलाई बजारीकरण गरी नेपालीको जिवनशैली स्वस्थ बनाउने उद्देश्यले सो अर्गानिक होमको शुभारम्भ गरिएको संचालक रितेश विष्टले जानकारी दिनुभयो ।

पाल्पाको मदन पोखराका करीब पांचसय कृषकले उत्पादन गर्दै आईरहेको च्याउखेतीलाई नयां प्रविधिको प्रयोग गरी दैनिक २ क्वीन्टलसम्म उत्पादन बढाउने लक्ष्य राखिएको ल्याव टेक्निसियन दिपेश अर्यालले जानकारी दिनुभयो । यसरी पहिलो शाखाको रुपमा संचालनमा ल्याईएको द नेपाली अर्गानिक होमले करीब ५ सय परिवारका १० हजार सदस्यलाई रोजगारी प्रदान गर्ने दावी भैरव च्याउ उद्योग प्रा.लिका लुम्बिनी प्रदेश संयोजक केशव कार्कीको छ ।

अर्गानिक होमबाट तुलसी अर्गानिक गानोडार्मा, सिताके च्याउ, सिताके सुकुटी, सिताके क्रिम सुप पाउडर, लेमन ग्रास पाउडर, ग्यानो ईम्युन वुस्टर, ग्यानो कफी, सिताके सिन्की, मस्यौरा लगायतका तयारी उत्पादनहरु विक्री गरिनेछ । यसका अलावा अर्गानिक होम एण्ड  अक्सी प्योरमा शरिरमा अक्सिजनको लेवल बढाउने प्रविधि जडान गरिएको छ । जसबाट शरिर आलस्य हुने वा शरिरमा अक्सिजनको मात्रा कम भएको महसुस भएको खण्डमा लाभ लिन सकिने संचालक विनोद पराजुली जानकारी दिनुभयो ।

यस्तै अर्गानिक होममा एरोमा थेरापी प्रविधि समेत राखिएको छ । जसले शरिरलाई स्फुर्ति बनाउन तथा शरिरमा रतm संचारलाई राम्रो राख्नका लागि सहयोग गर्ने छ । अर्गानिक होमलाई पुर्णरुपमा स्वस्थतासंग जोड्नका लागि र रासायनिक तत्वबाट टाढा राखी दीर्घ जीवन जिउनका लागि मद्दत पुग्ने गरी सेवा दिईने संचालकद्धयको भनाई छ ।


लुम्बिनी चिन्तन

थप समाचार