भैरहवा । लुम्बिनी होटल संघ (लहान) रुपन्देही नेपालको अध्यक्षमा गोविन्द प्रसाद ज्ञवाली सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।
संघको शनिबार लुम्बिनीमा सम्पन्न तेश्रो साधारण सभा एवम दोश्रो अधिवेशनले आगामी २ बर्षको कार्यकालको लागि ज्ञवालीको अध्यक्षतामा १५ सदस्यिय नया कार्यसमिती निर्वाचित भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शेखर कार्की, बरिस्ठ उपाध्यक्षमा लीलामणि शर्मा पौडेल, महासचिवमा पुरुषोत्तम अर्याल, सचिवमा भुपेन्द्र गुरुङ, कोषाध्यक्षमा किरण प्रसाद कंडेल र सह–कोषाध्यक्षमा किरण चन्द्र पौडेल निर्वाचित भएको निर्वाचन संयोजक प्रख्यात बन्जाडेले जानकारी दिए ।
त्यस्तै समितिको सदस्यहरुमा खिम श्रेष्ठ, प्रबिन्द्रराज शाक्य, पद्मा न्यौपाने, पुष्पाखर न्यौपाने, घनश्याम गुप्ता, धिरज गुप्ता, पिन्टुलाल बनिया र टीका कुमारी कट्टेल निर्वाचित भएका छन ।