भैरहवा । मायादेवी च्यारिटेबल फाउण्डेशनले लुम्बिनी प्रदेशमा कोभिडको समय अग्रपक्तिमा रहेर काम गर्ने संस्था र व्यक्तिलाई सम्मान गरेको छ ।
भैरहवा स्थित फाउण्डेशनले कोरोना भाइरसको जोखिममा समयमा विशेष योगदान गर्ने लुम्बिनी प्रदेशका १८ जनालाई कोभिड–१९ वारियर्स अवार्ड, कोभिडको समयमा सक्रिय रिर्पोटिङ गर्ने रुपन्देहीका ५ पत्रकार र फाउण्डशेनलाई अगाडी बढाउन सहयोगी भूमिका खेल्ने ३ जनालाई सम्मान गरेको हो ।

अवार्ड वितरण गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री सहसराम यादवले अहिले पनि कोभिड महामारी समाप्त नभई जोखिम कायम रहेकोले जोगिनुपर्ने बताए । प्रदेश सरकारले कोष नै खडा गरेर कुनै पनि कमि हुन नदिने, जनप्रतिनिधीलाई अभाव नहुने गरी स्वास्थ्यमा व्यवस्थापन गरेको बताए । नेपालमा कोभिड महामारी फैलिन नदिन बिभिन्न ब्यक्तित्वहरुले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान गरे पनि सरकारको एकल पहलले मात्र यो रोग नियन्त्रणमा आउन असम्भव रहेको र सबैको साझा पहलले मात्र सम्भव भएको बताए ।

लुम्बिनी प्रदेशका कोभिडको समयमा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षा कर्मी, सरसफाईकर्मी, सञ्चारकर्मी, सामाजिक ब्यक्तित्व, अभियन्ता तथा संघ–संस्था लगायतले गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट पनि माथी उठेर कोरोना भाइरसको जोखिमका बावजुद विशेष योगदान गर्नेलाई कोभिड वरियर्स अवार्ड प्रदान गरिएको फाउण्डेशनका संस्थापक रवि कुमार रौनियारले बताए ।

रुपन्देहीका ४ सहित लुम्बिनी प्रदेशको सबै जिल्लाको प्रतिनिधत्व हुने गरी १८ जनालाई सो अवार्ड प्रदान गरिएको छ । भैरहवाको भिम अस्पताल भैरहवाको स्वास्थ्यकर्मिहरुको समूह, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका तेज कुमार केसी, शव ब्यवस्थापनमा खटिएको नेकपा माओवादी सिद्धार्थनगर कमिटी र शव ब्यवस्थापनमा सहयोग गरेका लुम्बिनी निर्माण ब्यवसायी लाई रुपन्देहीबाट अवार्ड प्रदान गरिएको फाउण्डेशन जानकारी दिएको छ ।
त्यस्तै नवलपरासी जिल्लाबाट परासीको पृथ्वीचन्द्र अस्पतालमा कार्यरत फूल कुमारी देवी सुनार, कपिलवस्तुबाट सामाजिक अभियन्ता रहिस शाह, प्युठानबाट वरिष्ठ नर्स राधादेवी केसी, प्रहरी सहायक निरिक्षक सरोज राना र जिल्ला प्रशासन कार्यालयकी नायब सुब्बा मन्जु कुमारी शाहलाई अवार्ड प्रदान गरिएको छ ।
रोल्पा जिल्ला अस्पतालका डाक्टर प्रकाश बहादुर बुढा, पाल्पाबाट पाल्पा जिल्ला अस्पतालका डाक्टर झपेन्द्र ढकाल, बाँकेबाट भेरी अस्पतालका ल्याब असिष्टेन्ट प्रशन्न मिश्र, अर्घाखाँचीबाट शीतगंगा नगरपालिकामा आईसोलेन वार्डमा खटिएका बालकृष्ण श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, अर्घाखाँची अस्पतालका डाक्टर जगदीश शर्मा र नेपाल रेडक्रस सोसाईटीका सभापति कुशल भुषाललाई अवार्ड प्रदान गरिएको छ । यसैगरि गुल्मी जिल्लाबाट तम्घास अस्पतालका रोशन घर्ती र पत्रकार तर्फ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई अवार्ड प्रदान गरिएको फाउण्डेशनले जानकारी दिएको ।

यस्तै फाउण्डशेनलाई अगाडी बढाउने सहयोगीहरुलाई पनि सम्मान गरिएको छ, सम्मानित हुनेमा रुपन्देही क्षेत्रबाट पत्रकारिता गर्दै आएका पत्रकार राधेश्याम विश्वकर्मा, मनोरञजन शर्मा, शारदा मल्ल, रबिन्द्र गुप्ता र टोपराज शर्मा यस्तै अनिरुद्र अग्रहरी, अरुण मिश्र र शैलेश उपाध्यायलाई पनि सम्मानित गरिएको फाउण्डेश्नले जानकारी दिएको छ ।

अवार्ड वितरण कार्यक्रममा फाउण्डेशनले हालै मात्रै मृत्युवरण भएका पत्रकार विन्दु चौहानको परिवारलाई नगद २१ हजार सहयोग गरेको छ । २५ रुपैयाँमा शाकाहारी खाना खुवाएर चर्चा बटुलेको फाउण्डेशनले सामाजिक क्षेत्रमा अनगिन्ती काम गरेको छ ।
