Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मृतक मध्ये ३ जनाको सनाखत, ४ सुरक्षाकर्मी उपचारका लागि काठमाण्डौं 

मृत्यु परिवारलाई जनही १/१ लाख दिने


  • लुम्बिनी चिन्तन
  • आश्विन २५, २०७८ सोमवार
  • 510
    SHARES

मृतक मध्ये ३ जनाको सनाखत, ४ सुरक्षाकर्मी उपचारका लागि काठमाण्डौं 

भैरहवा । मोतीपुर झडपमा मृत्य भएका ४ जना मध्ये ३ जनाको सनाखत भएको छ । मृत्यु भएका चार जनामध्ये तीन जना गैरसुकुम्बासी रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

गोली लागेर गम्भीर भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने जिम्मा स्थानीय प्रशासनको भएकोले सोही क्रममा आईतबारको घटना हुन गएको प्रजिअ तिवारील भने । 

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको छ । शान्ति सुरक्षाको लागी परिचालित सुरक्षाकर्मी माथी एक्कासी ढुंगा मुढा प्रहार भयो, सुरक्षाकर्मी घाईते भए त्यसपछि लाठीचार्ज र सामान्य अश्रुग्यास प्रयोग गर्दा समेत नियन्त्रणमा नआएको प्रजिअ तिवारीले भने । 

अन्तिम अवस्थामा अश्रुग्यास प्रयोग गर्दा पनि प्रदर्शनकारीहरु नमानी सुरक्षाकर्मीमाथी नै पेट्रोल बम प्रहार गरेका थिए, आत्मरक्षाको लागी प्रहरीले हवाई फायर सहित गोली चलाउनु परेको बताए । मृत्यु हुनेहरूमा शुद्धोधन गाउँपालिका– ५ रूपन्देहीका ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी, पूर्वी नवलपरासीका १८ वर्षीय युजल कुमाल र बाणगंगा नगरपालिका कपिलवस्तुका २० वर्षीय रमेश परियारको सनाखत भएको छ । अर्का एक जनाको सनाखत हुन नसकेको प्रजिअ तिवारीले बताए । उनीहरूको शव भीम अस्पतालमा राखिएको छ ।

यता मृतकका आफन्तहरुले प्रहरी नियतवश टाउको र छातीमा गोली हानेको आरोप लगाएका छन् । हुलमुलमा गएकाहरु कतिपय अझै हराई रहेका छन् । उनिहरुको आफन्त खोज्दै आए पनि अस्पताल र स्थानिय प्रशासनले सहयोग नगरेको मृतक परिवारको गुनासो छ । 

यसै बिषयमा छलफल गर्न रुपन्देही प्रशासनले हिजो र आज सर्वदलिय बैठक आव्हान गरेको थियो । बैठकले समास्या समाधानको लागि कार्यदल गठनको सिफारीस गर्ने निर्णय गरेको छ । 

यस्तै सर्वसाधारण तर्फ १८ जना, नेपाल प्रहरीका ३३ जना र शसस्त्र प्रहरीका १८ जना घाईते रहेका छन । नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई जना गरी चार जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षीय प्रहरी जवान जयप्रकाश थारू र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षीय जवान खुसीराम चौधरीलाई काठमाडौं पठाइएकोे छ । उक्त क्षेत्रको स्थिती तनाबपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले अपराह्न ४ बजेदेखि अनिश्चित कालसम्मका लागि कर्फ्यू जारी गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले बुटवलको मोतीपुर भएको झडपमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एक/एक लाख दिने भएको छ । सोमबार बसेको सुरक्षा समितीको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले झडपमा परी मृत्यु भएका परिवारलाई जनही १/१ लाख दिने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह वि.क.ले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार