Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दोगहरामा मदरसाको शिलान्यास


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १५, २०७७ शनिवार
  • 2.2K
    SHARES

दोगहरामा मदरसाको शिलान्यास

भैरहवा । सिद्धार्थनगर–४ दोगहरामा मदरसा कदिरिया मिसबाहुल ओलुम भवनको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
दोगहरा मस्जिद नजिकै ६ कोठे भवनको शेरे नेपाल सुफी सिद्धिक, प्रदेश सासद सन्तोस पाण्डे लगायतले शिलान्यास गरेका हुन ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सासंद पाण्डेले अब मदरसाको विकास गर्न आवश्यकता रहेको बताए । नेपालमा शैक्षिक क्षेत्र मध्ये मदरसा भन्दा अन्य विद्यालयको धेरै विकास भइसकेकाले अब मदरसालाई व्यवस्थित र विकसित बनाउनु पर्ने बताए । 
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारी, वडा अध्यक्ष भोला यादव, समाजसेवी फैज अहमद खान, मिलन बस्नेत, नरेन्द्र रौनियार, राजेश गुप्ता लगायतले मदरसामा आश्रित तथा पढ्न आउने विद्यार्थीलाई विद्यालय भवन बनेपछि पठनपाठनमा सहज हुने बताउदै स्थानीय समुदायको चौतर्फी विकासमा लाग्न सबैलाई आग्रह गरे । 

_DSC0211.JPG
मस्जिद नजिकै रहेको स्थानीय तजरुन निशा, पुल्लु धोबी र श्रीराम धोवीको जग्गादानमा २ तले मदरसा भवनको शिलान्यास भएको हो । प्रदेश सरकारको १० लाख र स्थानीयको सहकार्यमा निर्माण हुन लागेको भवन यही असार सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
५० वर्ष अघि स्थापित मस्जिद नजिकै रहेको जग्गामा मदरसा हाल सम्म पनि बन्न सकेको थिएन स्थानीय जग्गादाताको थप जग्गदान र समुदायको लागनी पछि मदरसा भवन बन्न लागेको छ, ८० बढि विद्यार्थी मदरसामा हाल अध्ययनरत छन पढाईमा सहजता र थप कक्षाबृद्धि गर्नका लागि  संरचना निर्माण गर्न लागिएको स्थानीय तथा जग्गादाता हबिबुल्लाह मुसलमानले बताए । शिलान्यास कार्यक्रममा समाजसेवी फैज अहमद खान र मुनिर अहमदले १–१ लाख, प्रदेश सासद सन्तोस पाण्डे र नरेन्द्र रौनियारले ५१–५१ बोरा सिमेन्ट सहित स्थानीयले नगद ३ लाख बढि नगद सहयोग गरेका थिए ।   
करिब एक कठ्ठामा जग्गामा बन्न लागेको भवनको लागत ३५ लाख बढी लाग्ने अनुमान छ, मदरसामा अहिले कक्षा १ देखि ५ सम्म कक्षा संचालनमा छ, अपुग रकम जनस्तरबाट सङ्कलन गर्ने मदरसा सञ्चालक समितिका अध्यक्ष मोहम्मद अलिले भने । 


लुम्बिनी चिन्तन

थप समाचार