Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गाेली काण्डमा मारिएकाको परिवारलाई ५ लाख ५० हजार दिने सिफारिस, आज राती देखि कर्फयु हट्ने

कर्फ्यू हटाउने, भदौ २८ गते जारी निशेधााज्ञा यथावत


  • लुम्बिनी चिन्तन
  • आश्विन २६, २०७८ मंगलवार
  • 830
    SHARES

गाेली काण्डमा  मारिएकाको परिवारलाई ५ लाख ५० हजार दिने सिफारिस, आज राती देखि कर्फयु हट्ने

भैरहवा । आइतबार रुपन्देहीको मोतीपुर घटनामा ज्यान गुमाउनेको परिवारलाई ५ लाख ५० हजार राहत रकम उपलब्ध  उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको छ ।

नेपाल सरकारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक बिज्ञप्ती जारी गर्दै राहत रकम सिफारिस गरेकाे जानकारी गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बिज्ञप्ती जारी गर्दै नेपाल सरकारको तर्फबाट मृतकको हकमा किरिया खर्च बापत ५० हजार र राहत स्वरुप प्रति परिवार ५ लाख र प्रदेश सरकारका तर्फबाट प्रति परिवार १ लाख प्रदान गर्न सिफारीस भएको जनाएका छन ।

पाण्डेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सबै घाइतेहरुको उपचार बापत लाग्ने खर्चको लागि पनि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारीस गरेको जनाईएको छ । जिल्लाका राजनीतिक दलहरुसँग सोमबार भएको समन्वयात्मक बैठकबाट घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट समेत गरेको छ । साथै जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गराउने कार्यमा सबैमा जिल्ला प्रशासन कार्यालयले अपिल समेत गरेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुर क्षेत्रमा लगाएको कर्फ्यू आज राती १२ बजेदेखी हटाउने भएकाे छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै असोज २४ गते दिउँसो ४ बजेदेखी लगाईएको कर्फ्यू रातीको १२ पछि हटाईने जनाएका छन् ।   प्रजिअ तिवारीद्वारा जारी सूचनामा स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (क) को अधिकार प्रयोग गरि असोज २४ गते ४ बजे देखी लागु हुने गरि जारी गरिएको कर्फ्यू आदेश आज १२ देखी हटाईएको भनिएको छ ।

कर्फ्यू हटाए पनि भदौ २८ गते देखी नै कायम गरिएको निशेधााज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ । पूर्व तर्फ तिनाउ नदी ( बुटवल उप महानगरपालिका वडा नम्बर १७ देखी वडा नम्बर १८ सौरहिया पुल सम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन ( बुटवल उप महानगरपालिका वडा नम्बर १७), उत्तर शिवनगर रानी गञ्ज बस्ती ( बुटवल उप महानगरपालिका वडा नम्बर १७) र दक्षिण बुटवल उप महानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन ( धन्दापुर सौरहिया सम्म) को क्षेत्रलाई चार किल्ला मानी निषेद्याज्ञा लगाईएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।


लुम्बिनी चिन्तन

थप समाचार