Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लागु औषध सहित रुपन्देहीबाट चार जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • आश्विन २७, २०७८ बुधवार
  • 1.8K
    SHARES

लागु औषध सहित रुपन्देहीबाट चार जना पक्राउ

भैरहवा ।  रुपन्देही प्रहरीले दुइ फरक ठाँउबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार साझ ४ बजे तिलोत्तमा नगरपालिका वडान. ३ योगिकुटी शान्तिकुञ्जबाट पोखरा उप महानगरपालिका वडा न. २२ का २७ वर्षिय  सागर पोख्रेल र ललितपुर  गोदावारी  नगरपालिका  वडा न.१ प्रगतिनगरका  २० वर्षिय मधुकर बिश्वकर्मालाई लागु औषध सहित पक्राउ गरेको हो ।

ग ७ प ६५१५ न.को मोटरसाईकल चेकजाच गर्नेक्रममा मोटरसाईकलमा सवार उनीहरुको साथमा रहेको झोलामा नोफिन ३७सि.सी., फेनारागन ३७ सि.सी. र डाइजेपाम ३७सि.सी. अवैध लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । उनीहरुलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ । 

त्यस्तै  ईलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार  साँझ सवा ५  बजे रुपन्देहीको गैडहवा गा.पा. वडा नं.८ कन्चनपुलबाट लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।  लु ३५ प ३३९४ न.को मोटरसाईकलमा सवार रुपन्देही गैडहवा गाउँपालिका वडा नं.९ का ३४  वर्षिय दुर्गा राना र कन्चन गाउँपालिका वडा नं.२ का १६ वर्षिय अशोक कुमार लोधलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो । 

शंकास्पद देखिएका उनीहरुलाई रोकी चेकजाँच गर्दा अवैध लागु औषध नाईट्राभेट ८८ थान, डाईजापाम ४८ थान  बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  उनीहरुलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

 


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार