Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चाडपर्वसँगै बढ्यो तरकारीको मूल्य

पसल पिच्छे फरक मूल्य, नियमन गर्ने निकाय मौन


  • लुम्बिनी चिन्तन
  • आश्विन २८, २०७८ बिहिवार
  • 812
    SHARES

चाडपर्वसँगै बढ्यो तरकारीको मूल्य

भैरहवा । चाडपर्व आएसँगै तरकारी र दैनिक उपभोग्यको मूल्य पनि बढेको छ ।  पर्व र भान्सासँग जोडिएको मुख्य बस्तु तरकारी, दैनिक उपभोग्य खाद्य पदार्थको मुल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । 

रूपन्देहीमा तरकारीको मूल्य बढेपछि भान्साको मूल्य स्वतः बढेको छ । तरकारीमा धेरै प्रयोग हुने आलु, प्याज लगायतको भाउ गत महिनाको तुलनामा ३० देखि ४० प्रतिशत सम्म बढेको छ । 

कतिपय वस्तुहरुको मुल्य बेसिजन, बढी मागका कारण स्वभाविक बृद्धि भए पनि कतिपय वस्तुहरुमा कालोबजारी हुने गरेको छ । भदौमा ४०–५० रुपैयाँ किलोमा बिक्री भएको प्याजको मूल्य दशै लागे यता ८० पुगेको छ । त्यस्तै ३०–३५ रुपैयाँ किलोमा बिक्री भएको आल्को मूल्य ४०–५० पुगेको छ । गत महिना ६०–७० रुपैयाँ किलोमा कारोबार भएको टमाटरको मूल्य बढेर १२० रुपैयाँ पुगेको छ , त्यस्तै लसुन, हरियो तरकारी र खाद्य बस्तुको मुल्य पनि अस्वभाविक रुपमा बढेको छ । 

व्यवसायीहरुले चाडपर्व लक्षित नभई उत्पादनकम हुदा बजारमा कमि भएकोले बढेको बताए पनि यस्को मारमा आम सर्वसाधारण परेका छन । अन्य वस्तुको तुलनामा तरकारीको मूल्यवृद्धि अस्वाभाविक छ । एकातर्फ उत्पादन घटेको बहानामा तरकारी महंगिएको छ भने अर्कोतर्फ व्यापारीले मनोमानी ढंगले भाउ तोकेका छन् । 

खुला बजारको मूल्यमान्यता विपरीत व्यपारीले मूल्य लिएका छन् ।  बजारमा बिक्रीको तुलनामा किसानले भने मूल्य पाएका छैनन् । तरकारमिा मात्र होइन दैनिक उपभोग्य वस्तुहरु तथा फलफुलको मुल्यमा पनि वृद्धि भएको छ ।े हिन्दुहरुको महान पर्व बिजया दशमी र तिहार यसपाली मंहगो पर्ने भएको छ । 

दैनिक उपभोग्य वस्तुहखाद्यान्न, कपडा, तेल, मसला लगायतको समेत भाउ वृद्धि भएको उल्लेख गर्दै राज्यले भाउ तोक्न सक्ने सामग्रीमा समेत कालोबजारी भएको बजार गर्न आएका हृदयराम गुप्ताले भने । तरकारीको भाउ मागले तय गर्ने भएकाले घटबढ हुनु स्वाभाविक हो, अन्य दैनिक आवश्यकताका सामानसमेत चाडबाडका नाममा छुनै नसकिने गरी महँगो भएको गुप्ताले भने ।  

मूल्यवृद्धिले निम्न आम्दानी भएका, ज्यालादारी काम गर्ने, भाडामा बस्ने विद्यार्थी बढी मारमा परेका छन् । भैरहवामा प्रत्येक दिन मायादेवी तरकारी बजार लाग्छ तर त्यही बजारमा एउटै तरकारीको मूल्य पसल पिच्छे फरकफरक हुँदा पनि नियमनकारी निकाय मौन छ । अनुगमन मुल्य निर्धारणको जिम्मा पाएका निकयले यस तर्फ चासो नदिदा यस्को प्रत्यक्ष मार आम उपभोक्तामा पर्ने गरेको छ । 

व्यापारीले कति प्रतिशतसम्म नाफा खाने कुनै सीमा छैन । फेन्सी पसलमा जस्तै व्यापारीले किसानबाट निकै सस्तोमा किनेर चर्को मूल्यमा बेच्दै आएका छन् । चाडबाडका नाममा हुने कृत्रिम महँगी रोक्न सरकारले कदम चाल्नुपर्छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार