Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्वास्थ्य समाज निर्माण गर्न भैरहवा ओम महागते आध्यात्मिक प्रतिष्ठान


  • आश्विन २९, २०७८ शुक्रवार
  • 1.3K
    SHARES

स्वास्थ्य समाज निर्माण गर्न भैरहवा ओम महागते आध्यात्मिक प्रतिष्ठान

भैरहवा । समाजमा देखा परेको स्वास्थ्य समस्याहरुको समाधानका लागि भैरहवामा ओम महागते आध्यात्मिक प्रतिष्ठानले सेवा सुरु गरेको छ ।  असोजको तेस्रो साताबाट मानवीय सेवामा समर्पित नाफा रहित गैर सरकारी संस्थाको रुपमा सिद्धार्थनगर ७ जनकपथमा संस्थाले कार्यालय स्थापना गरी सेवा सुरु दिन थालेको हो । 

रोग लागेका व्यक्तिलाई वैकल्पीक चिकित्सा विधीबाट सुधार गरी लैजाने उद्देश्यका साथ प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष मनोज मित्तलले बताउनु भयो । हिन्दु पद्धति बेद वेदान्तमा रहेको हाम्रो जीवनचर्यालाई पुर्नस्थापना गरी जागृत गर्ने प्रतिष्ठानको उद्देश्य रहेको छ ।

खास गरी अहिलेको जल्दो बल्दो समस्याहरु डाइविटिज, ब्लड प्रेसर मोटोपन, युरिक एसिड, माइग्रेन, डिप्रेसन, थाइराइड, कोलेस्ट्रोल, ग्यास्ट्रिक अपच जस्ता समस्याको समाधानका लागि र रोग लाग्न नदिने उद्देश्यले योग, प्राणयाम, पंचकर्म लगायतको बैकल्पीक चिकित्सा होमियोपैथिक र आयुर्वेदबाट संस्थाले स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिष्ठानका संस्थापक पुज्य महामुनि श्रित महागतले बताउनु भयो । 

प्रतिष्ठान मानवमा देखिएको स्वास्थ्य समस्यालाई निदान गर्दे स्वास्थ्य समाज निर्माण गर्ने सोच अनुसार प्रतिष्ठानको स्थापना गरिएको छ । अध्यात्मिक कार्यहरुमा पनि प्रतिष्ठानले सेवा दिने छ । 

नेपाल सनातन, जैनिक र बौद्ध संस्कृतिकोे संगम हो । पुरातन र यि तिनै संस्कृतिको प्रभुत्वर्ग र इतिहासलाई हेर्ने हो भने योगा र प्राकृतिक चिकित्सा जीवनको एक भाग हुने गरेको प्रतिष्ठानका योगा प्राकृतिक चिकित्सक ओम प्रकाशले बताउनु भयो । पहिला जीवन शैली यति सुदृढ र राम्रो थियो कि विश्वको अन्य देशले यहँको पद्धतिलाई अनुसरण गर्ने गरेको उहाले बताउनु भयो । 

प्रतिष्ठान स्थापना भएदेखि नै सेवा लिएर लाभन्वित भएको सेवागा्रहीहरुको अनुभव छ । एलोपेथिक उपचार पद्धति महगो भएकोले बैकल्पीक रुपमा योगा, मेडिटेशन, प्राकृतिक चिकित्सालाई संरक्षण गर्दै कक्टेल जीवनबाट पुरातन जीवनमा तर्फ पुर्नस्थापना गर्ने उद्देश्यले लाभ लिइरहेका छौ । 
प्रतिष्ठानले निकट भविष्यमा सुविधा सम्पन्न अस्पताल, विद्यापीठ, गौशाला निर्माण देखि  वेद पुराण, इतिहास संस्कृति र संस्कारको संरक्षण गरी यज्ञ, प्रवचन, धार्मिक कार्यक्रम, शिविर र सिपमुलकको विशेष कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।  


थप समाचार