Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

केही दिन मौसम बदली हुने, सडकको अवस्था बुझेर मात्र यात्रा


  • लुम्बिनी चिन्तन
  • आश्विन ३०, २०७८ शनिवार
  • 386
    SHARES

केही दिन मौसम बदली हुने,  सडकको अवस्था बुझेर मात्र यात्रा

जल तथा मौसम विज्ञान विभागले शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो। भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ। पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले भोलि नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् शान्ती कडेलले बताउनुभयो । पर्सि आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनुभयो । उहाँका अनुसार केही ठाउँमा मेघ गर्जन, चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ ।

धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना छ ., बुलेटिनमा भनिएको छ,उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपातको पनि सम्भावना छ ।

विभागले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ ।

राति प्रदेश नम्बर १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७८ असोज ३० गते शनिबार दिउँसो देशको प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

२०७८ असोज ३१ गते आइतबार

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसमविद्ले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । दशैँमा गाउँघर गएकाहरुलाई सडकको अवस्था बुझेर मात्र फर्किन पनि उनीहरुको सुझाव छ ।


लुम्बिनी चिन्तन

थप समाचार