Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

किसानलाई बाली भित्र्याउने चटारो (फोटोफिचर)


  • लुम्बिनी चिन्तन
  • आश्विन ३०, २०७८ शनिवार
  • 1.8K
    SHARES

किसानलाई बाली भित्र्याउने चटारो (फोटोफिचर)

भैरहवा । दशैंले शहरका सडक खाली छन । फुर्सदिलाहरु पनि बाहिर घुम्न निस्केको छन, दशैंले अधिकांसलाई छोएपनि रुपन्देहीको कर्णलीमा भने किसान धान स्याहार्दै ठिक्क छन ।

dhan (3).JPG

पर्वको याममा यहाँका किसान बेफुर्सदिला छन् । बाली भित्रयाउने चटारो छ उनीहरुलाई । कोही खेतमा धान काटिरहेका देखिन्छन्, कतिले त धान भित्राएर पिट्दै । धान भित्र्याउने समयमै दशैं भएपछि  किसान खेतबारीमै व्यस्त छन्

dhan (5).JPG

वर्षाले साथ दिएपछि यो वर्ष उत्पादन ठिकै भएको छ, मौसम विज्ञानले पानी पर्ने प्रक्षेपण गरेसँगै कृषकहरु चिन्तित छन । समयमा उत्पादनलाई भित्र्याउन सकिएन भने वर्ष दिनको मिहिनेत खेर जानुका साथै हातमुख जोर्न पनि समस्या हुन्छ । रुपन्देहीमा केहीले धान भित्राइसकेका छन भने अधिकांसको धान खेतमै छ ।  बर्खेबाली भित्र्याउन चटारोमा छन किसान ।

dhan (2).png

रुपन्देहीमा अगौते जात जुन १ सय २५ दिन भित्र पाक्ने गर्छ, मध्यम जात १ सय २५ देखि १ सय ४५ दिन सम्म र पछौटे जात जुन १ सय ४५ देखि १ सय ६० दिनभित्रमा पाक्ने गरि तीन जातीका धानको खेति गरिन्छ । अगौते जात अन्तरगत राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केहि भारतीय उन्नत जातका धान किसानको रोजाइमा परेका छन् ।

dhan (1).png

त्यसैगरि, मध्यम जातमा गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, साबित्री, लोकतन्त्र, मिथिला, मनिसा, पृथ्वी, सुरज, चांदनी जस्ता धानको खेती गरिएको छ र पछौटे जातमा सावा मनसुली, सोणसव १, सावा सव १, गोल्डेन मन्सुली, कालानमकको खेती गरिन्छ ।

dhan (2).JPG

राधा ४, साबित्री, रामधाम र सावा मनसुली हाब्रिडमा गोरखनाथ, लोकनाथ, मयुर र मनिषा किसानहरुको रोजाइमा परेकाले यसको खेती बढी गरिएको छ ।  रुपन्देहीमा ५० हजार हेक्टर बढिमा धान खेति हुने गरेकाे छ ।

dhan (4).JPGdhan (3).pngdhan (1).jpgdhan (4).png


लुम्बिनी चिन्तन

थप समाचार