Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मूर्ति विसर्जनको क्रममा डुबेर युवाको मृत्यु


  • आश्विन ३१, २०७८ आइतवार
  • 878
    SHARES

मूर्ति विसर्जनको क्रममा डुबेर युवाको मृत्यु

भैरहवा । रुपन्देहीको मर्चवारमा शनिबार दुर्गा मूर्ति विसर्जनको क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । कोटहीमाई गाँउपालिका ४ कदमहवाका अन्दाजी २० वर्षिय अनिल चौधरीको नदीमा डुबेर मृत्यु भएको हो । 

कोटहीमाई ५ दुईमोहन नदीमा मूर्ति विसर्जन गरेपछि पौडी खेल्ने क्रममा चौधरी नदीमा डुबेका थिए ।  दिउसो २ बजे नदीमा बेपत्ता भएका उनको शव  फेला परेको छ । स्थानीय, सुरक्षाकर्मी र भारतबाट गोताखोर ल्याई खोजतलाश गर्दा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरिक्षक भाष्कर चन्दले बताए । 

इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरिक्षक सुरज खत्री सहितकाे टाेली र अन्यकाे संयुक्त प्रयासबाट खाेजतलाश गर्दा चाैधरीकाे शव भेटिएकाे हाे । शव पोष्टमार्टममा लागि भैरहवा स्थित भिम अस्पताल पठाईएको सहायक प्रवक्ता प्रहरी निरिक्षक चन्दले बताए । 

सोही स्थानमा गत वर्ष पनि मुर्तिविसर्जनको क्रममा एक युवाको डुबेर मृत्यु भएको थियो । सम्मरीमाई ६ का मुकेश चौधरीको शव गत वर्ष २० घण्टा पछि फेला परेको स्थानीय पत्रकार हृदयराम गुप्ताले जानकारी दिए ।  


थप समाचार