Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आज मोहम्मद जयन्ती


  • लुम्बिनी चिन्तन
  • कार्तिक २, २०७८ मंगलवार
  • 674
    SHARES

आज मोहम्मद जयन्ती

भैरहवा । आज ईस्लाम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मदको १४ सय ९६ जन्मदिन । हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका अर्थात आजको दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको थियो ।

मुस्लिम धर्मको प्रवर्तक मोहम्मदको जन्मको अवसरमा आजकै दिन बिश्वभरीका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाइने गरिन्छ । आजको यस जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । आजको दिन मोहम्मदको सम्झनामा विभिन्न नाअत शरिफ, प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

जन्मदिनको अवसर पारेर भैरहवामा ¥याली सहितको विविध कार्यक्रम हुने गरेकाे छ । यस क्षेत्रमा रहेको विभिन्न मस्जिद ,मदरसा मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा नगर भित्र ¥याली निकालिने तयारी भइरहेको छ । रयालीमा यस क्षेत्रका दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, भैरहवा बजार लगायत चैनपुर, बसन्तपुर, बेनिपुरका मदरसा र हजारौँ मुस्लिम समुदायको सहभागिता रहने गरेको छ । माेहम्मद जयन्तीकाे अवसरमा सरकारले ईस्लाम समुदायलाइ सार्वजनिक विदा दिएकाे छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिदै यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार