Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा ५२ वर्ष देखि मनाइदै मोहम्मद जयन्ती


  • लुम्बिनी चिन्तन
  • कार्तिक २, २०७८ मंगलवार
  • 594
    SHARES

भैरहवामा ५२ वर्ष देखि मनाइदै मोहम्मद जयन्ती

भैरहवा । भैरहवामा ५२ वर्ष देखि मनाइदै आएको मोहम्मद जयन्तीलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।  ईस्लामिक धर्म गुरु पैगम्बर हजरत मोहम्मदको १४ सय ९६ औं जन्मोत्सवको अवसरमा  रुपन्देहीको भैरहवामा रयाली, जीवनी वाचन, उपदेश र वाणीहरुको स्मरण गर्दे जन्मदिन मनाइएको हो ।  

मुस्लिम समुदायले महत्वपुर्ण दिनको रुपमा रहेको आजको दिनलाई भैरहवावासीले ५२ वर्ष देखि अनवरत रुपमा मनाउदै आएका छन । मदरसा अहले सुन्नत कठौतियाले जन्मदिनमा ¥यालीको निरन्तर अगुवाई गर्दै आएको छ । द्वन्दकाल र कोभिडका कारण केही वर्ष ¥यालीको कार्यक्रम नभएपनि निरन्तर रुपमा मोहम्मद जयन्ती मनाउदै आएको सचिव, ज्योतिपुंज रिजविया धार्मिक शैक्षिक संस्थाका सचिव मौलाना हाजी डाक्टर सेराज आलमले बताए । 

collage (6).jpg

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको थियो । त्यसै दिनको खुसियालीमा यस दिनलाई मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि(रबिउलऔवल)को रुपमा मनाउने गरिन्छ ।

भैरहवा र आसपास रहेका दर्जन बढि मस्जिद ,मदरसा मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा भव्य ¥याली सहित धार्मिक सभा, जीवनी र विश्वभर फैलाएको धार्मिक सन्देशको बारेमा चर्चा गरि जन्मदिन मनाइएको हो । मोहम्मदको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । 

collage (7).jpg

भैरहवा सहित दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, चैनपुर, बसन्तपुर, मदरसा र मुस्लिम समुदायको हजारैाँको सहभागितामा धार्मिक झण्डा, प्लेकार्ड र ईस्लामिक सन्देशका साथ नगर परिक्रमा गरेका छन ।  मुस्लिम समुदायले मस्जिद मदरसा र घरघर सजाउने, एक आपसमा शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार बनाई प्रसाद सिरनीको रुपमा दिने गरिन्छ । 

सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा समेत दिएको छ । नेपाल सरकारले मोहम्मद जयन्तिमा सार्वजनिक विदा दिने भनि २०६९ साल जेठ ७ गते राष्ट्रिय मुस्लिम संयुक्त गठबन्धनसंग लिखित सम्झौता गरेपनि कार्यान्वयन भएको थिएन । 

collage (8).jpg


लुम्बिनी चिन्तन

थप समाचार