Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मोतीपुर घटनामा संलग्न रहेको आरोपमा एक पक्राउ


  • लुम्बिनी चिन्तन
  • कार्तिक ३, २०७८ बुधवार
  • 880
    SHARES

मोतीपुर घटनामा संलग्न रहेको आरोपमा एक पक्राउ

भैरहवा । मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई  पक्राउ गरेको छ। जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने लगायतका काममा संलग्न भएको भन्दै प्रहरीले ४४ वर्षिय साविर अलिलाई पक्राउ गरी मँगलबार सार्वजनिक गरेको छ ।

कपिलवस्तु सुद्धोधन गांउपालिका–६ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उप-महानगरपालिका-११ देवीनगरमा बस्दै आएका उनलाई मुख्य अभियुक्तको रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सोमबार अलि बस्दै आएको देविनगर स्थित डेराबाट पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जानकारी गराएको छ ।

अभियुक्तको साथबाट प्रहरीले ३ थान ब्यानर, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रदेश गौरबको आयोजनाका रुपमा रहेको मोतिपुर औद्यौगिक क्षेत्रमा गएको असोज २४ गते जग्गा कब्जा गर्न आएका व्यक्तिहरु र सुरक्षाकर्मी बीच झडप हुँदा ४ जनाले ज्यान गुमाएका थिए । अतिक्रमणका क्रियाकलाप बढेपछि त्यस क्षेत्रमा अहिले पनि कडा रुपमा सुरक्षा परिचालन गरिएको छ । औद्यौगिक क्षेत्र शिल्यानसको समयदेखि नै विवादी बनेको त्यस क्षेत्रमा विभिन्न ठाउँबाट सुकम्बासीका नाममा जग्गा कब्जा गर्ने प्रयास भइरहेको छ ।

उनीविरूद्ध ईलाका प्रहरी कार्यालय बुटवलमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूरमा मुद्दा दर्ता गरेको छ। उनीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट १० दिन हिरासतमा राख्न अनुमति पाएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार