बुटवल । रुपन्देहीको मणिग्रामको सिता भण्डारी पौडेलको ४५ दिनपछि अन्त्येष्टि भएको छ । भण्डारीको माइतीपक्षले ११ लाख रुपैयाको चेक बुझेपछि बुधबार बुटवलको मगरघाटमा अन्त्येष्टि भएकाे हाे ।
२७ वर्षीय भण्डारी भदौ २० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी सिता भण्डारी पौडेलको आत्महत्या या हत्या भन्ने बिवाद लम्वीदा डेढ महिना सम्म अन्तेष्टी हुन सकेको थिएन्।
स्रोतका अनुसार मृतक सिता भण्डारीका माईती पक्षले पौडेल परिवारबाट मंगलबार अपरान्ह ११ लाख रुपैयाको चेक बुझेपछि अन्तेष्टी गर्न सहमती दिएका थिए। मगरघाटमा माईती पक्ष समेतको सहभागीतामा अन्तेष्टि गरीएको प्रहरीले जनाएको छ।
उनका श्रीमान टिका पौडेल आमाजु (दिदी) बिष्णु पौडेल र जेठाजु हरि प्रसाद पौडेल बिरुद्ध आत्महत्या दुरुत्साहनमा पुर्पक्षका लागि थुनामा गएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ गंगोलियामा रहेको मध्यस्तकर्ताको घरमा भएको लिखित सहमती अनुसार मृतक सिताका ससुरा देवी पौडेलले सिताका भाईले भिनाजु टिका पौडेललाई दिएको सापटी एक लाख रुपैया र बिवाह गर्दा लागेको खर्च बापतको १० लाख रुपैयाको चेक दिएका थिए।
मृतक सिताका बुवा हरी प्रसाद भण्डारीको जाहेरीले श्रीमान टिका पौडेल आमाजु दिदी बिष्णु पौडेल र जेठाजु हरि प्रसाद पौडेल बिरुद्ध आत्महत्या दुरुत्साहनमा पुर्पक्षका लागि थुनामा गएका छन्।
प्रहरीले अनुसन्धानको क्रममा मृतक सिता भण्डारीको मोवाईल बाट …. ………मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न भनि लेखिएको”। सुसाईड नोट फेला परेको भए पनि माईती पक्षले आत्महत्या नभई हत्या भएको दावी गर्दै करीव १ महिना आन्दोलन गरेका थिए।