Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बर्षातले प्रभावित क्षेत्र र नागरिकको सम्वोधन गर्न मुख्यमन्त्रीको निर्देशन


  • लुम्बिनी चिन्तन
  • कार्तिक ३, २०७८ बुधवार
  • 338
    SHARES

बर्षातले प्रभावित क्षेत्र र नागरिकको सम्वोधन गर्न मुख्यमन्त्रीको निर्देशन

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले ३ दिनदेखि परेको अविरल वर्षाका कारणले लुम्बिनी प्रदेशमा मानविय एवं धनजन क्षतिको लागत संकलन गरी राहत उपलब्ध गराउनको लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयय र प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई निर्देशन जारी गर्नुभएको छ ।

बुधबार विहानै लुम्बिनी प्रदेशको वर्दियाको राजापुर र गेरुवा गाउँपालिका लगायत प्रदेशभरीमा बाढि, पहिरो, लगायतबाट जनधनको क्षति भएकाले लगत संकलन एवं अबस्थाका बारेमा बुझ्दा प्रदेशका नागरिकहरुलाई निकै संकट बनाएको भन्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक राम शर्मालाई राहतको प्याकेज लगेर तुरुन्त बर्दिया जानका लागि निर्देशन गर्नुभएको छ । उहाँले बर्दिया, बाके लगायतको अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि नियमित रिपोटिङ गर्नका लागि निर्देशन दिनुभएको छ ।

उहाँले आन्तरिक मामिला तथा गृहमन्त्री तिलकराम शर्मासँग कुरा गर्दै भन्नुभयोः–“नागरिकको जनधनको रक्षा गर्ने पहिलो प्राथमिकता सरकारको हो तसर्थ तपाईले समन्वय गरेर तुरुन्त बर्दिया जिल्लामा जानुहोस् । अन्य निकायसँग समन्वय गर्नुहोस् । प्रदेशमा सबैभन्दा बढी कर्णालीको बाढीले समस्या बनाएको छ ।”

उहाँले राहत तथा उद्धारको लागि संघीय सरकारकासँग पनि कुरा भइरहेको बताउँदै नागरिकको जीवन सुरक्षा नै पहिलो कतव्र्य भएकाले अगाडि त्यसै अनुसार काम गर्नका लागि सरोकारवाला निकायलाई निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो ।

मुख्यमन्त्री केसीले नागरिकलाई आवश्यक पर्ने खाद्यन्न र जीवन सुरक्षा सहित आपतकालीन राहतको व्यावस्था अहिले गर्ने, पछि जिल्ला प्रशासन कार्यालय र स्थानीयबहबाट आएका निवेदनका आधारमा रातह प्रदान गर्न सकिने बताउनुभयो ।

यस्तै छलफलमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आफूलाई मुख्यमन्त्रीले निर्देशन गरी सक्नु भएको । आफू पनि जनताको जनधनको क्षतिका लागि तत्काल राहत उपलब्ध गराउनु पर्ने बताउनुभयो । आफूले मन्त्रालयबाट आवश्यक सामान लगेर वाँके वर्दियमा हिड्ने बताउनुभयो ।

आफूले क्षतिको बारेमा स्थलगत गएर मुख्यमन्त्रीलाई जानकारी गराउने प्रविद्धतासहित आफू क्षति पीडित भएको जिल्लातिर लागेको बताउनुभयो । 


लुम्बिनी चिन्तन

थप समाचार