Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पहिराेेेेलेे सिद्धार्थ राजमार्ग अवरुद्ध


  • लुम्बिनी चिन्तन
  • कार्तिक ४, २०७८ बिहिवार
  • 1.6K
    SHARES

पहिराेेेेलेे सिद्धार्थ राजमार्ग अवरुद्ध

 बुटवल । पहिरोले  सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीले बताए । पहिरो हटाउनका लागि पुतलीबजार नगरपालिका, सडक विभागसँग सहकार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका छन् ।

चट्टानसहितको ठूलो पहिरो भएकाले सडक खुलाउन केही समय लाग्ने भएकाले तत्काल यो सडक भएर यात्रा नगर्न पनि प्रवक्ता अधिकारीले सुझाव दिनुभएको छ । यस ठाउँमा सडक विस्तार गरिएकाले पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार