Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

विद्यार्थीलाई पोशाक र खेलकुद सामाग्री बितरण


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १६, २०७७ आइतवार
  • 1.4K
    SHARES

विद्यार्थीलाई पोशाक र खेलकुद सामाग्री बितरण

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ ले विद्यार्थीहरुलाई पोशाक र खेलकुद सामाग्री वितरण गरेको छ । 
वडाले आफ्नो क्षेत्र भित्र रहेको विपन्न बिद्यार्थीलाई बिद्यालय पोशाक तथा बिद्यालयलाई खेल सामाग्री बितरण गरेको हो । २ नम्बर वडाले बिनियोजन गरेको बजेटबाट वडा अन्र्तगत रहेका ३ वटा सामुदायिक बिद्यालय तथा ३ वटा मदरसामा उक्त सामाग्री रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले वितरण गरेको हुन । 

IMG_4169.JPG
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष यादवले कोभिडको कारणले बिद्यार्थीको पठन पाठनमा प्रभावित भए पनि अब त्यसबाट निस्केर बिद्यालयहरुले उत्कृष्ट नतिजा ल्याउन तर्फ ध्यान दिन आग्रह गरे । उनले गाउँपालिकाले अहिले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरेको र आउदा दिनमा त्यसको प्रतिफल देखिने बताए । बिद्यालयहरुको भौतिक बिकासको साथै त्यहाको शिक्षक र बिद्यार्थीको गुणस्तरलाई बढाउन गाउँपालिकाले थप के गर्नुपर्ने हो त्यस बारे पनि सुझाव दिन आग्रह गरे । 
२ नम्बर वडाको कार्यवाहक वडा अध्यक्ष सानमति पासीको अध्यक्षता एवम गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार, निर्वतमान वडा अध्यक्ष सरोज कुमार पाण्डे, वडा सदस्य अनरुध प्रसाद खरविन्दले बोलेका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा २ नम्बर वडामा सचिव राजकुमार मिश्रले गरेका थिए । 


  • सम्बन्धित विषय:

  • # राेहिणी गाँउपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार