Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

६ लाख बढिकाे अबैध काठ बरामद


  • लुम्बिनी चिन्तन
  • कार्तिक ५, २०७८ शुक्रवार
  • 806
    SHARES

६ लाख बढिकाे अबैध काठ बरामद

भैरहवा ।  रुपन्देहीमा लाखौँ मूल्य बराबरको अवैध सालको काठ बरामद भएको छ । प्रहरीले अबैध सालको काठ सहित मानिस, ट्याक्टर र मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका–१, खुनगाईमा साही नगरपालिका –१० पिपलपतियाका २७ वर्षीय जितेन्द्र यादबले लु १ त १२६१ नं।को ट्याक्टरमा अबैध रुपमा बिना कागगजात सिसौको १५ गोलिया काठ ओसार पोसार गरिरहेको अवस्थामा पक्राउ गरिएको रुपन्देहीले प्रहरीले जनाएको छ ।

सो काठको अनुमानित मूल्य ४ लाख ट्याक्टर सहित रहेको र आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय पठाइएको छ । यस्तै बिहीवार नै कञ्चन गाउँपालिका–१ कुत्तागाउ स्थित लु ६१ प ९४९७ नम्बरको मोटरसाईकलमा लोड गरेको सालको काठ गोलिया थान १ र खालि जमिनमा रहेको ३ गोलिया गरी जम्मा ४ गोलिया अबैध बरामद भएको प्रहरीले जनाएको छ ।

काठ र क्युफिट र मोटरसाईकल समेत गरी अनुमानित मूल्य २ लाख ४५ हजार रहेको र कारवाहीको लागि कञ्चन सब डिभिजन कार्यालय फायरलाईन पठाएको प्रहरीले जनाएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार