Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बिरामीलाई जेसीआई सिद्धार्थकाे आर्थिक सहयोग


  • लुम्बिनी चिन्तन
  • कार्तिक ८, २०७८ सोमवार
  • 904
    SHARES

बिरामीलाई जेसीआई सिद्धार्थकाे आर्थिक सहयोग

भैरहवा । जेसीआई सिद्धार्थ, नेपालले उपचारथ विरामीलाई आर्थिक सहयाेग गरेकाे छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएकाे बिरामीलाई जेसिज सदस्यले रकम संकलन गरी आर्थिक सहयोग गरेको हाे ।

सिद्धार्थनगर नगरपालिका–५ निवासी अशोक भट्टाचार्यको उपचारका लागि ४५ हजार रुपैयाँ प्रदान गरिएको जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । अध्यक्ष ज्ञवालीका अनुसार भट्टाचार्यको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

कोरोनाबाट संक्रमित भइ आर्थिक अभावका कारण उपचारमा समस्या भएका भट्टाचार्यलाई रकम हस्तान्तरण गरिएको जेसीआई सिद्धार्थ, नेपाल २०२१ का अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक हरिश सेठियाले बताए । भट्टाचार्यको छोरी सीमा भट्टाचार्यलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा जेसीआई सिद्धार्थका पूर्व अध्यक्ष, पदाधिकारी लगायतको सहभागिता रहेको वर्ष २०२१ का महासचिव सागर पोख्रेलले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार