भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको विभिन्न ठाँउबाट विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा कार्यालय मातहत खटिएको टोलीले फरक फरक स्थानबाट विभिन्न प्रकारका पटाका बरामद गरेको हो ।
बरामद भएको पटाका अन्दाजी करीब रु ३ लाख मूल्य बराबरको रहेको र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सत्य नारयण थापाले जानकारी दिए ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले सिमा क्षेत्र सिद्धार्थनगर १ बाट अन्दाजी ९० हजार, प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ६५ हजार बढिको बिभिन्न किसिमको २६२ प्याकेट , प्रहरी चौकी मर्यादपुरले कोटहीमाई ऐलिडियाबाट ५० हजारब बढिको साइकल सहित २ बोरा पटका बरामद गरि नष्ट गरेको छ ।
यस्तै प्रहरी चौकी मैनिहवाले रोहिणी–२ भगवानपुर चोकबाट ३६ हजार बढिको २ सय बढि प्याकेट, ईलाका प्रहरी कार्यालय लुम्बिनि र प्रहरी चौकी कालिदहले ३५ हजार बढिको ५ सय प्याकेट र ईलाका प्रहरी कार्यालय मंगलापुरले तिलोत्तमा –१५ पत्थरडाँडाबाट ३२हजार बराबरको १२२ प्याकेट अबैध पटका बरामद गरि नष्ट गरेको कार्यालयले जानकारी दिएको छ ।
तिहार नजिकिदै गर्दा सिमापारिबाट व्यवसायिक र व्यक्तिगत प्रयोगका लागि पटाका भित्रिने क्रम बढेको छ । प्रहरीले यस अघि पनि १० लाख बढिको पटका बरामद गरि नष्ट गरेको छ ।