भैरहवा । नेपाल तरुण दलले स्थापना दिवसको अवसरमा खाद्यान्न बितरण गरेको छ । ६८ औं स्थापना दिवसको अवसरमा तरुण दलले बुधबार सिद्धार्थनगर ३ मा रहेको नब यात्रा लागुऔषध पुनस्र्थापना केन्द्रमा खाद्यान्न बितरण गरेको हो ।
नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्थाको रुपमा रहेको तरुण दलले उद्दार, राहत वितरण, मूल्य बृद्धिको विरोध जस्ता सामाजिक कार्यका साथै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
तरुण दल सिद्धार्थ नगरका सभापती दिपेन्द्र बुढापृतिको सभापातित्व, नेपाली काङ्ग्रेस रुपन्देहिका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सविधानसभा सद्स्य जन्नतुन निसा, नेपाली काङ्ग्रेस रुपन्देहिका सदस्य सुरेन्द्रजग थापा, क्षेत्र न ३ का सचिब सुशील गुरुङ, लेखनाथ भट्टराई, तरुण दल रुपन्देहिका अध्यक्ष सोमबहादुर गुरुङ , नगर सभापती कोशिस बहादुर खड्का, मिलन बिस्वकर्मा, कुशल कुमार उपाध्याय लगायतले तरुण दल युवाहरुको सस्था भएकोले युवाहरु भनेका भोलिका कर्णधार मात्र नभई बर्तमानका साझेदार पनि रहेको र युवा सधै प्रयोग मात्र गर्न नहुने युवाको शक्तिलाई सहि ठाउमा प्रयोग गर्नुपर्ने बताए । उनीहरुले स्थापना दिवसमा तरुण दलले रचनात्मक काम गरेको भन्दै प्रशंसा गरेका थिए ।