भैरहवा । निर्माणधिन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको बहुमुल्य बुद्ध मुर्ति कार्तिक १४ गते अनावरण हुने भएको छ ।
लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारको मा लिविन गुरुपको सहयोगमा निर्र्मित बुद्धमुर्र्ति राष्ट्रपति विद्या देवी भण्डारीले अनावरण गर्ने भएका हुन ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले भैरहवामा पत्रकार सम्मेलन गरी अनवरण कार्यक्रमबारे जानकारी गराएको छ । आइतबार साढे १२ बजे राष्ट्रपति भण्डारीले मूर्ति अनावरण गर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिए ।
बुद्ध मुर्तीलाई शनिबार लुम्बिनी परिक्रमा पछि बिमानस्थल परिसरमा ल्याईएको थियो । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतीक नगरपालीका मार्फत गौतमबुद्ध बिमानस्थलमा राख्नका लागी यो बुद्ध मुर्ती ल्याईएको फाउण्डेसनका महासचिव एक राज गिरिले बताए । मुल्यको तुलना गर्न नसकिने यो मुर्ति म्यानमारका भिक्षु कालिगढले ६ महिना लगाएर बनाएका हुन ।
वाइडजेड स्टोन बाट बनेको बुद्ध मुर्ती १८ सय केजीको छ । १ दशमलब ९ मीटर अग्लो , ६० सेन्टीमिटर चौडाई र १ मिटर मोटाई रहेको छ । म्यानमारका भिक्षुहरुले विदाई गरि नेपाल पठाएको मुर्ति ईशापुर्व ५ सय वर्ष पहिला बुद्धले पाइला टेकेको भन्ने विश्वसाका साथ उक्त ठाँउको खानीबाट निस्केको बहुमुल्य ढुङगाबाट निर्माण भएको फाउण्डेशनले जानकारी दिएको छ ।
मुर्तिलाई १४ गते स्थानिय निकाय मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने छ । नेपाल र गौतमबुद्ध जन्मस्थल चिनाउनका लागि फाउण्डेशनले मुर्तिलाई निर्माणधिन विमानस्थलको आवगमन क्षेत्रमा राखिने व्यवस्था मिलाएको उपाध्यक्ष गोविन्द प्रसाद गिरीले बताए ।
विमानस्थलमा आउने सबै नागरिक बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन नगर्ने भएकोले विमानस्थलबाट आवगमन गर्ने जो कोहीले पनि बुद्धको दर्शन गरुन भन्ने उद्देश्यका साथ विमानस्थलको आगमन र प्रस्थान कक्षको बीचमा रखिने गरी तयारी भइरहेको फाउण्डेशनले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
स्पेनले यस परकारको मुर्ति अहिले सम्म हङकङ, भुटान र स्पेनमा राखेपनि बुद्धिष्ट १६ वटा देश्मा पुरयाउने लक्ष्य लिएको छ । जस्को समन्वय फाउण्डेशनले गरिरहेको छ । फाउण्डेशनले धार्मिक क्षेत्रमा मात्र नभई स्वास्थ्य, खेलकुद, फोहोर पञ्सोधन, कृषि लगायतका क्षेत्रमा नेपालमा केन्द्रित भई काम गर्ने फाउण्डेशनले जानकारी दिएको छ । जस अन्तर्गत लुम्बिनीमा स्वास्थ्य क्षेत्रका लागि शिविर संचालन र अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएको नगर प्रमुख चौधरीले बताए ।
लुम्बिनी सास्कृतिक नगरपालिकाका आयोजना, लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वय, सिद्धार्थ उद्योग वाणिज्य संघ र लुम्बिनी होटल संघको संयोजनमा भएको कार्यक्रमको संचालन विजय पाण्डेले गरेका थिए ।
कार्यक्रममा सिद्धार्थनगरका नगरपरमुख हरि अधिकारी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, सिद्धार्थ उद्योग वाण्ज्यि संघका अध्यक्ष भिष्म न्यौपाने, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, संघका पदाधिकारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।