Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आत्महत्या न्यूनिकरण गर्न विषादी बेचबिखनकर्ताको नियमित निगरानी 


  • लुम्बिनी चिन्तन
  • कार्तिक ११, २०७८ बिहिवार
  • 1.1K
    SHARES

आत्महत्या न्यूनिकरण गर्न विषादी बेचबिखनकर्ताको नियमित निगरानी 

भैरहवा ।  जिल्ला प्रहरी कार्यालयले कृषि तथा पशु उपचारमा प्रयोग हुने कीटनाशक विषादी बेचबिखनकर्ताको निगरानी बढाएको छ । 
कार्यालयले रुपन्देहीमा कृषि तथा पशु उपचारमा प्रयोग हुने कीटनाशक विषादी बेचबिखन गर्ने १०७ वटा कृषि र पशुजन्य क्लिनिक, एग्रोभेट, केन्द्र र भेटरीनरीको अनुगमन गर्दै विक्री वितरणको अभिलेख राख्न निर्देशन दिएको हो । 

कृषि र पशुजन्य उपचारमा प्रयोग हुने विषादी सेवनले जिल्लामा आत्महत्या गर्ने व्यक्तिहरूको तथ्यांक बढेकोले अत्महत्याको घटना न्यूनिकरण गर्न यी कामको थालनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले बताए ।

कार्यालयका अनुसार ९ वटा इलाका प्रहरी कार्यालय, दुई वटा वडा प्रहरी कार्यालय र एउटा प्रहरी चौकी अन्तर्गत रहेका १०७ वटा विषादी बेचबिखनका क्लिनिक, एग्रोभेट र भेटरीनगरी पत्ता लागेकोले ती स्थानबाट नै विषधीकोगलत प्रयोग रोक्न प्रत्यक्ष अनुगमन र बिक्री–वितरणको अभिलेख राखी सम्बन्धित व्यक्तीलाई मात्र बिक्री–वितरण गर्ने व्यबस्थाको सुरुवात गरेकोे छ ।

आ.व.२०७८÷०७९ को श्रावण महिनामा–३३ जना र भाद्र महिनामा–६६ जना गरी जम्मा ९९ जना व्यक्तीहरुले मुख्य रुपमा सल्फास, आल्मुनियम फोस्फेट, ओप–एल्पाइन र साइपभिटामिन बी कम्प्लेक्सलगायतका बिषादीहरुको प्रयोग गरेको देखिएको कार्यालयले जानकारी दिएको छ । 

रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरण कार्ययोजना (थ्री सर्कल) अवधारणा ल्याएको छ । सो अवधारणा कार्यान्वयन गर्ने क्रममा विषादी बेचबिखन गर्ने ठाउँहरूलाई लक्षित गरिएको प्रहरी प्रमुख केसीले बताए । असम्बन्धित व्यक्तिलाई विषादी बेचबिखन गर्ने र त्यो विषादी आत्महत्याका लागि प्रयोग हुने गरेको पाइएपछि कडाइ गर्न थालिएको हो ।

यो अवधारणामा भारतबाट ल्याइने विषादी र ती विषादी कहाँ कसरी प्रयोग हुन्छन् भन्ने अनुगमन पनि भइरहेको छ । ती ठाउँमा प्रयोगको कारण देखाएर मात्र विषादी बिक्री गर्न निर्देशन दिइएको छ, त्यसको मासिक विवरण प्रहरीलाई उपलब्ध गराउन भनेका छौ,  यस्को नियमित अनुगमन पनि हुन्छ । प्रहरी प्रमुख केसीले भने । 


लुम्बिनी चिन्तन

थप समाचार