भैरहवा । निर्माणधिन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको बहुमुल्य बुद्ध मुर्ति आज अनावरण हुदैछ । लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारको मा लिविन गुरुपको सहयोगमा निर्र्मित बुद्धमुर्र्ति राष्ट्रपति विद्या देवी भण्डारीले आज दिउसो १ बजे अनावरण गर्ने कार्यक्रम रहेको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतीक नगरपालीका मार्फत गौतमबुद्ध बिमानस्थलमा राख्नका लागी आएको यो बुद्ध मुर्ती अनावरण गर्ने सबै तयारी पुरा भएको फाउण्डेसनका महासचिव एक राज गिरिले बताए ।

बुद्ध मुर्तीलाई कार्तिक ६ गते नगर परिक्रमा पछि बिमानस्थल परिसरमा ल्याईएको थियो । मुल्यको तुलना गर्न नसकिने यो मुर्ति म्यानमारका भिक्षु कालिगढले ६ महिना लगाएर बनाएका हुन । बिभिन्न झांकी सहित भैरहवा, लुम्बीनी लगायतका स्थानहरुको परिक्रमा गरेको र ठांउ ठांउमा बुद्ध पुजा गरिएको मुर्ति नेपालमा मात्रै नभई म्यानमारमा पनि विधिवत पूजा आज गरी नेपाल आएको हो ।
वाइडजेड स्टोन बाट बनेको बुद्ध मुर्ती १८ सय केजीको छ । १ दशमलब ९ मीटर अग्लो , ६० सेन्टीमिटर चौडाई र १ मिटर मोटाई रहेको छ । म्यानमारका भिक्षुहरुले विदाई गरि नेपाल पठाएको मुर्ति ईशापुर्व ५ सय वर्ष पहिला बुद्धले पाइला टेकेको भन्ने विश्वसाका साथ उक्त ठाँउको खानीबाट निस्केको बहुमुल्य ढुङगाबाट निर्माण भएको फाउण्डेशनले जानकारी दिएको छ ।

मुर्तिलाई आजै स्थानिय निकाय मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने छ । नेपाल र गौतमबुद्ध जन्मस्थल चिनाउनका लागि फाउण्डेशनले मुर्तिलाई निर्माणधिन विमानस्थलको आवगमन क्षेत्रमा राखिने व्यवस्था मिलाएको उपाध्यक्ष गोविन्द प्रसाद सुवेदीले बताए ।
विमानस्थलमा आउने सबै नागरिक बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन नगर्ने भएकोले विमानस्थलबाट आवगमन गर्ने जो कोहीले पनि बुद्धको दर्शन गरुन भन्ने उद्देश्यका साथ विमानस्थलको आगमन र प्रस्थान कक्षको बीचमा रखिएको छ, मुर्ति आए देखि नै यस्को सजावट र आकर्षक बनाउने काम थाई विहारले गरेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले । थाई विहार सजावटकै लागि भनेर विदेशबाट टोली झिकाई नगर परिक्रमाको क्रममा र मुर्ति प्रतिस्थापन गर्ने ठाँउमा विशेष किसिमको सजावट गरेको छ ।

स्पेनले यस परकारको मुर्ति अहिले सम्म हङकङ, भुटान र स्पेनमा राखेपनि बुद्धिष्ट १६ वटा देश्मा पुरयाउने लक्ष्य लिएको छ । जस्को समन्वय फाउण्डेशनले गरिरहेको छ । विदेशमा रहेका नेपाली र नेपाललाई माया गर्ने विदेशी नागरिकको सहयोगमा मूर्ति स्थापना हुन लागेको र यसले विश्वभर नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने छ ।
फाउण्डेशनले धार्मिक क्षेत्रमा मात्र नभई स्वास्थ्य, खेलकुद, फोहोर प्रसोधन, कृषि लगायतका क्षेत्रमा नेपालमा केन्द्रित भई काम गर्ने फाउण्डेशनले जानकारी दिएको छ । जस अन्तर्गत लुम्बिनीमा स्वास्थ्य क्षेत्रका लागि शिविर संचालन र अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएको नगर प्रमुख चौधरीले बताए । सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ डलर रहेको छ ।