भैरहवा । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धका उपदेशको अनुशरण गरेमात्रै विश्वमा शान्ति कायम हुने बताउनु भएको छ ।
भैरहवा स्थित निर्माणधिन गौतमबुद्ध बिमानस्थलमा राखिएको बहमुल्य बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले विमानस्थलमा राखिएको बुद्ध मूर्तिले विश्वभर शान्तिको सन्देश फैलाउन भूमिका खेल्नुका साथै विश्वभरी शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउन मद्धत पुग्ने बताउनु भयो ।
लुम्बिनी विश्वकै आकर्षक क्षेत्र हो, यसलाई यसलाई अन्तराष्ट्रिय पर्यटक स्थलको रुपमा विकास गर्नको निमित्त गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्न अपरिहार्य रहेको बताउनु भयो । यहाँ भएको ऐतिहासिक, पुरातात्विक महत्वका स्थान र सामाग्रहीहरुको अध्ययन, अनुसन्धान, संरक्षण सहित सबै मुर्त र अमुर्त सम्पदालाई उजागर गर्दै बुद्ध सर्किट विकास गरी यस क्षेत्रको मँेलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नु पर्ने बताउनु भयो ।
राष्ट्रपति भण्डारीले लुम्बिनीको बिकासका लागि गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई सिघ्र सञ्चालनमा ल्याई लुम्बिनीको बिकासका लागि कोषे ढुङगा सावित हुने बताउनु भयो ।
कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले विमानस्थलमा बुद्ध मूर्ति राखेर यसको महत्वलाई अझै बढाइएको बताउनु भयो । विमानस्थलमा ओर्लन पर्यटकहरूले सन्देश बोकेर आउने बताउदै विमानस्थल अविलम्व सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको, आयोजनालाई जतिसक्दो छिटो काम सक्न आग्रह गर्नु भयो ।
म्यानमारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको छ ।
वाइडजेड स्टोन बाट बनेको बुद्ध मुर्ती १८ सय केजीको छ । १ दशमलब ९ मीटर अग्लो , ६० सेन्टीमिटर चौडाई र १ मिटर मोटाई रहेको छ । म्यानमारका भिक्षुहरुले विदाई गरि नेपाल पठाएको मुर्ति ईशापुर्व ५ सय वर्ष पहिला बुद्धले पाइला टेकेको भन्ने विश्वसाका साथ उक्त ठाँउको खानीबाट निस्केको बहुमुल्य ढुङगाबाट निर्माण भएको फाउण्डेशनले जानकारी दिएको छ ।
लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारको मा लिविन गुरुपको सहयोगमा निर्र्मित बुद्धमुर्र्ति राष्ट्रपति विद्या देवी भण्डारीले अनावरण गर्नु भएकोहो । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतीक नगरपालीका मार्फत गौतमबुद्ध बिमानस्थलमा राख्नका लागी आएको यो बुद्ध मुर्ती ल्याएको हो ।
बुद्ध मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्री सहितको दर्जनबढिको टोली, त्यस्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, बुद्ध सर्किटका पालिका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।