Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

इतिहासमै पहिलो पटक भैरहवा–विराटनगर सिधा उडान


  • लुम्बिनी चिन्तन
  • कार्तिक १७, २०७८ बुधवार
  • 3.5K
    SHARES

इतिहासमै पहिलो पटक भैरहवा–विराटनगर सिधा उडान

भैरहवा  । सौर्य एयरलान्सले इतिहासमै पहिलो पटक भैरहवा विराटनगर भैरहवा सिधा उडान गर्ने भएको छ ।  निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले कात्तिक २२ गते देखि प्रदेश ५ र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान गर्न लागेको हो । 

८ वर्ष देखि सेवा दिदै आएको एयरलान्सले ५० सीट क्षमताको जेट विमानबाट दुवै औधोगिक क्षेत्रलाई जोड्नका लागि दैनिक उडान गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताउनु भयो । 

collage (20).jpg

हाल सम्म कुनै पनि एयरलाइन्सले विराटनगरको लागि सिधा उडान गरेको छैन । यात्रुहरुको मागलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश र प्रदेश १ का यात्रुको सहजता, बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदेश १सँग जोडेरपर्यटन प्रवद्र्धन गर्न र दुवै क्षेत्रको व्यवसायिक र औधोगिक क्षेत्रको प्रवद्र्धन गर्न एयरलाइन्सले यो उडान थप गरेको स्टेशन म्यानेजर यादवले बताउनु भयो । 

उडान थपिएसँगै काठमाण्डौ हुदै २ हवाई यात्रा गरी विराटनगर पुग्ने यात्रुलाई सहज भएको छ भने समयको समेत बचत हुने एयरलाइन्सले जानकारी दिएको छ । एयरलाइन्सले हाल ९ वटा उडान गर्दै आएको छ, भैरहवा–विराटनगर थपिएसँगै अब दैनिक उडानको संख्या १० पुगेको छ । ३ वटा जेट विमानबाट सेवा दिदै आएको एयरलाइन्सले अरु भन्दा सहुलियत, सुरक्षित र अन टाइम उडान गर्ने दाबी गरेको छ । 

collage (22).jpg

सीआरजे २०० जेट विमान हाई लेबलमा उड्ने भएकोले नहल्लिने, समय कम लाग्ने, सुरक्षित र कोभिडलाई मध्यनजर गर्दै स्वचलित आन्तरिक स्यानिटाइज हुने, जहाजलाई गन्तव्यमा पुग्न ५३ मिनेटको समय लाग्ने एयरलाइन्सले जानकारी दिएको छ । 

सौर्यले ६ हजारमा दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उड्ने र विराटनगरबाट साझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केने छ ।
कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ । कम्पनीले निकट भविष्यमै नेपालगन्ज र राजविराजको पनि उडान गर्ने जनाएको छ ।  

collage (22).jpg


लुम्बिनी चिन्तन

थप समाचार