भैरहवा । नेवा खलः सिद्धार्थनगरले विविध कार्यक्रम गरी नेपाल सम्वत ११४२ मनाएको छ । खलः ले न्हूँ दँ ११४२ या भिन्तुनाको उपलक्ष्यमा शुभकामना आदान प्रदान, नगर परिक्रमा लगायतको कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण भट्टराईले म्हपुजा नेवारी संस्कृतिको सम्पदा भएको बताउंदै यसको संरक्षण गर्नुपर्ने बताए । प्रमुख अतिथि साहित्यकार भट्टराईले भाषा र संस्कृतिको संरक्षणमा सबै आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको सभापतित्व, साहित्यकार बालकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु प्राज्ञ बूँद राना, प्रा डा कपिलदेव लामिछाने, ठाकुरप्रसाद श्रेष्ठ, प्रा डा गितु गिरी, वनमाली निराकार , डिल्लीराज भट्टराई, ओमकार गौचन, रुद्र ज्ञवाली, डा शंकर नेपाल, उमेश रिजाल पूर्व अध्यक्ष एवम् सल्लाहकारहरु कृष्णप्रसाद द्वा, विजय गोविन्द श्रेष्ठ, राजुनारायण श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ, रामबहादुर श्रेष्ठ, सल्लाहकारहरु चन्द्रमान श्रेष्ठ, सनतकुमार श्रेष्ठ, मीना श्रेष्ठ, इन्दु श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सन्दर्भ पूर्व अध्यक्ष विजय गोविन्द श्रेष्ठ, म्हःपूजा झझल्को बारे मीना श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रम संयोजक कमलेशबहादुर श्रेष्ठको स्वागत, सुरेशशेखर वज्राचार्यको संचालन तथा चन्द्रभक्त श्रेष्ठको धन्यवाद ज्ञापन पछि कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम पश्चात भएको नगरपक्रिमामा सहभागी कार, मोटरसाइकल रयालीका सहभागी ३ जनालाई पुरस्कृत गरिएको थियो ।